समाचारसमाज

पोखरामा नेपाल युनेस्कोको नेतुत्व विकास तालिम सम्पन्न

पोखरा , १४ जेठ । नेपाल युनेस्को संघ संस्था र क्लबहरुको राष्ट्रिय महासंघले पोखरामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
लेखनाथ युनेस्कोको व्यवस्थापनमा शनिवार सम्पन्न भएको तालिममा युनेस्को क्लब महासंघ केन्द्रिय मानर्थ अध्यक्ष प्रशिक्षक हरिवंश किरातीले युनेस्कोको ऐतिहासिक पृष्ठभुमि, यसको उद्धेश्य, युनेस्कोले गर्ने काम, नेपालमा स्थापना भएका युनेस्को क्लबहरुका वोरमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै गरी प्रशिक्षक एवम् युनेस्को क्लब महासंघ केन्द्रिय वरिष्ट उपाध्यक्ष दिपक सरकारले युनेस्कोले शिक्षा, सञ्चार, सांस्कृतिक सम्पदाको संरक्षण लगाएतका क्षेत्रमा काम गर्ने जानकारी दिंदै नेपालमा युनेस्को क्लबहरुमार्फत सामाजिक कामहरुलाई अगाढि बढाइएको बताए ।
लेखनाथ युनेस्को क्लबका उपाध्यक्ष कमल प्रसाद तिवारीले तालिमका प्रशिक्षकहरुलाई धन्यवाद दिंदै तालिममा सहभागीहरुले दिएको सुझावका आधारमा युनेस्कोको कार्यक्रमहरुलाई जनमानसमा लगिने बताए । छोटो समयको तयारीमा पनि कार्यक्रम सम्पन्न गर्न सकिएकोमा सहयोग गर्ने सम्बद्ध व्यक्ति विशेषलाई धन्यवाद दिएका थिए ।
त्यस्तै गरी बिन्धवासिनी मा.वि.का प्रधानाध्यापक बसन्त पाण्डेले तालिम फलदायि भएको बताउँदै युनेस्को सम्बन्धि कार्यक्रम विद्यालय तहमा सञ्चालन गर्न सके युनेस्कोको उपयोगिता र औचित्यको वारेमा विद्यार्थीहरुलाई पनि व्यवहारिक रुपमा जानकारी दिन सकिने सुझाव राखेका थिए । आगामी दिनमा युनेस्कोले गर्ने सामाजिक कार्यहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
लेखनाथ युनेस्कोका सदस्य विकल केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्थीर बाबु सुवेदीले गरेका थिए भने युनेस्को क्लब महासंघका केन्द्रिय अध्यक्ष आनन्द राज त्रिपाठी स्थानीय निर्वाचनमा भानु नगरपालिकामा नगर प्रमुखमा निर्वाचित भएकोमा र पोखरा महानगरपालिका वडा नं.२८ मा खुल्ला सदस्यमा निर्वाचित कमल थापालाई सम्मान समेत गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: