समाचारराजनिति

पोखरा २७ का औपचारिक कार्यक्रममा खादा प्रयोग नगरिने

पोखरा, १७ जेठ । पोखरा महानगरापलिका वडा नं.२७ का औपचारिक कार्यक्रमहरुमा खादाको प्रयोग नगरिने भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको पदस्थापना कार्यक्रममा वडा कार्यसमितिले सो निर्णय गरेको हो । वडा भित्रका धार्मिक कार्यक्रमहरु बाहेकका अन्य कार्यक्रममाहरुमा खादाको प्रयोग नगरिने भएको हो ।
पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष पूर्ण कुमार गुरुङले जनताको कामलाई छिटो र छरितो बनाउन जननिर्वाचित प्रतिनिधिहरु पालो गरी प्रत्येक दिन वडा कार्यलयमा उपस्थित भई जनताका कामहरुमा सहयोग गरिने बताए ।
यसै गरी पोखरा २७ मा लागु औषध, विकृति तथा विसंगती रोकथाम गर्न विभिन्न जनचेतना कार्यक्रमहरु गरी जनतालाई सुसुचित गरिने पनि सो अवसरमा अध्यक्ष गुरुङले बताए ।
पदस्थापना कार्यक्रममा विभिन्न राजिनितिक दलका प्रतिनिधिहरु , सामाजिक संघ स्रस्थाहरुका प्रतिनिधिहरु लगाएतको उपस्थितमा उक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: