समाचारसमाजस्थानीय

मानव अधिकार तथा शान्ति समाजद्धारा खाद्यान्न सामग्री वितरण

लेखनाथ/१९ जेठ, मानव अधिकार तथा शान्ति समाज कास्की शाखाले वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । समाजको २७ औं स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं.२७ सयलापाखा स्थित श्रीकृष्ण प्रणामी वृद्धाश्रममा विहिबार एक कार्यक्रमका विच खाद्यान्न सामगग्री वितरण गरिएको हो ।
कार्यक्रममा समाजका अध्यक्ष तिर्थराज न्र्यौपानेले मानव अधिकार तथा शान्ति समाजको ऐतिहासिक पृष्टभुमिको वारेमा चर्चा गर्दै मानव अधिकार समाजले मानव अधिकारको रक्षा गर्दै नेपालमा भएका परिवर्तनमा समाजको योगदान रहेको बताए ।
सोही अवसरमा समाजका अध्यक्ष न्यौपानले वृद्धा तथा वालश्रमका वालवाललिाकालाई एक वर्षको शैक्षिक समाग्री तथा विद्यालय पोशाकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजले जिवनमुखी, सेवामुखी र जगतमुखी उद्धेश्यका सथा आपना कार्यहरु गरेको बताए ।
यसै गरी आश्रमका संरक्षक कल्याण कुमार कार्कीले वृद्धाश्रममा हाल ८ जना वृद्धवृद्धाहरु रहेको जानगरी गराउँदै आजै देखि असाय वालवालिका पनि संरक्षण गरिने बताए। वृद्धाश्रममा आएर खाद्यान्य सामग्री वितरण गरी सहयोग गरिएकोमा समाजलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
खाद्यान्न सामग्री वितरण कार्यक्रमका संयोजक एवम् कार्यसमितिका सदस्य धना गुरुङले कार्यक्रममाथि प्रकाश पार्दै कार्यक्रमलाई सहयोग गर्ने समाजका सबैलाई धन्यवाद दिएकी थिइन् । समाजका उपाध्यक्ष रामकृष्ण दुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजकी सचिव सावित्री शर्माले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: