समाचारसमाजस्थानीय

लेखनाथको तालचोकमा सफा मिट विक्री डिपो सञ्चालनमा

लेखनाथ,२० जेठ
आम उपभोत्तालाई सफा र श्बच्छ मासु उपलब्ध गराउने उदेश्यले पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा सफा मिट विक्री डिपो सञ्चालनमा आएको छ । सफा मिट इन्डष्ट्रिज प्रालिले लेखनाथको तालचोकमा ९ जना व्यवसायीले झण्डै १ करोडको लागानीमा विक्रि केन्द्र स्थापना गरेका हुन् ।
ब्यवसायिक उत्पादनलाई पहिलो प्रथामिकतामा राखि उपभोक्तालाई मापदण्ड अनुसारको सफा र स्वच्छ मासु उपलब्ध गराउने उद्धेश्यले स्थापना गरिएको विक्रि केन्द्रको सुभारम्भ गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आम उपभोक्ताको स्वाथ्यलाई ख्यालमा राखि गुणस्तरिय र प्रभावकारी सेवा दिनु पर्नेमा जोड दिएका थिए । उनले सफा मिटको स्थापनाले अन्य मासु व्यवसायीहरु पनि व्यवस्थीत हुने विश्वास व्यक्त गरे ।
किसानबाट उत्पादीत बस्तुलाई सहज रुपमा बजारीकरण गर्नका लागि राज्यले तोकेको मापदण्ड अनुसारको बधशालाबाट मासु तयार पारी उपभोक्तालाई वितरण गर्नु पर्ने अहिलेको आवश्कता भएकाले आम ब्यवसायिले प्रभावकारी सेवा दिनु पर्ने अध्यक्ष आत्रेयको सुझाव रहेको थियो ।
सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले आयतलाई विस्थापित गरि स्वदेशी उत्पादने नै नेपालको आवश्यकता पुरा गर्ने तर्फ राज्यले ध्यान दिनु पर्ने धारणा राख्दै नेपाल कुखुरा जन्य उत्पादनबाट करिव करिव आत्मनिर्भरको अवस्थामा रहेको विचार वव्यक्त गरेका थिए ।
कार्यक्रममा पशुरोग विषेशज्ञ डा. अनन्त दाहालले मानिसको प्रतक्ष्य स्वास्थसँग सम्वन्धित मासुलाई सफा र स्वच्छ तरिकाले वितरण गर्न सकियो भने पहिलो त हामीहरु निरोगी बन्छौ भने दोस्रो हामीलाई चाहिने पौष्टीक तत्व सहज रुपमा उपलब्ध हुने धारणा व्यक्त गरेका थिए ।
सफा मिट इन्डष्ट्रिज प्रालिका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, रेडियो लेकसिटिका अध्यक्ष भक्त बहादुर के सी, पोल्ट्री ब्यवसायी समिति कास्कीका अध्यक्ष फौज सिंह भण्डारी, नौविसे टोल विकास सस्थाकी अध्यक्ष शिव गिरी, लायन्स क्लव गोल्डेन चौतारीका निर्वतमान अध्यक्ष किशोर बराल लगायतले आ आफनो धारणा राखेका थिए ।
सस्थाका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयर सदस्य यदुनाथ आचार्यले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन व्यव्स्थापक दिपक बानियाँले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: