समाचारसमाजराजनिति

असार १ गते देखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम

काठमाण्डौ, २३ जेठ । आगामी असार १ गते देखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम गरिने भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ घोषणा भए पश्चात स्थगीत भएको मतदाता नामावली संकलन कार्यक्रम असार १ गते देखि सुरु गरिने भएको हो । नर्वाचन आयोगले सोमबार एक विज्ञप्ति प्रकाशित गरी उक्त कुराको जानकारी दिइएको हो ।
नगरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नागरीकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यलय, जिल्ला प्रशासन कार्यलय र इलाका प्रशासन कार्यलयमा गई आफ्नो नाम दर्ता गराउन सकिने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस अवधिमा नाम दता गर्न सकिने, त्रुटि सच्याउन, मतदाता नामावलीमा नाम हटाउन, ठेगाना परिवर्त गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यलयमा निवेदन पेश गर्न सकिने पनि आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पेशा , व्यवसायको कारणले कुनै एक जिल्लामा गरिरहेको र आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए पनि त्यस्ता व्यक्तिले आवश्यक प्रमाण सहित सम्बन्धित जिल्लाको निर्वाचन कार्यलयमा निवेदन पेश गर्ने सकिते बताइएको छ ।
आगामी निर्वाचनमा कोही नछुटुने गरी नाम दर्ता गर्न र विवरण अध्यावधिक गर्न राजनितिक दल एवम् सबै सरोकारवालाहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गरिदिन पनि निर्वाचन आयोगले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: