समाचारसमाज

कामको सम्मान हुने अबस्था निर्माण गर्छौं – कास्की समन्वय प्रमुख पौडेल

पोखरा ,जेठ २८ । जिल्ला समन्वय समिति कास्किका नब निर्बाचित प्रमुख लिलाधर पौडेलले काम र श्रमको सम्मान हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेको तर्फ इङ्गित गर्दै कास्कीमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे ।
प्रमुख पौडेलले सो कुरा शनिबार पोखरामा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखरा ,कास्किको तेश्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन।उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए ।
उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे।
कार्यक्रममा गण्डकी प्रदेशका कृषि बिकास निर्देशक बासुदेब रेग्मी ,पूर्ब निर्देशक बेनी बहादुर बस्नेत ,कृषि बिज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीया ,लगायतले बोलेका थिए। समितिका संयोजक कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।अधिबेशनले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: