समाचारसमाज

अमरसिद्धमा निःशुल्क हाड जोर्नी तथा नशा रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

लेखनाथ /२८ जेठ । पोखरा महानगरपालिका वडा नं.३१ पचभैया स्थित अमरसिद्ध नमुना माध्यमिक विद्यालयमा शनिबार हाड जोर्नी तथा नशा रोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
बार्बरा हेल्पिङ ह्याण्ड विशेषज्ञ क्लिनिक पोखरा ३० शिशुवाको प्राविधिक सहयोग र अम्मरसिद्धको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले स्वास्थ्य शिविर आयोजना गर्ने आयोजक विद्यालय र प्राविधिक सहोग उपलब्ध गराउने बार्वरा हेल्पिङ ह्याण्डलाई धन्यवाद दिंदे वडामा हरेक कार्यक्रम सञ्चालन गर्दा र बजेट विनियोजन गर्दा सरोकारवालाको माग र आवश्यकताका आधारमा कार्यक्रम बनाएर अगाडि बढ्ने बताए ।


यसै गरी वरिष्ट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रविमोहन ढकालले स्वच्छ पोखरा, स्वस्थ्य पोख्ररेली अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सुरु गरिएको र निकट भविष्यमा पोखरा महानगरका हरेक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए ।
स्वास्थ्य शिविरको प्रिकृप्सनको आधारमा एक महिना सम्म निशुल्क स्वास्थ्य परिक्षण गरिने जानकारी दिदै ७० वर्ष भन्दा माथिका वुद्धवुद्धाहरु र आर्थिक रुपमा विपन्न भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरनाथ पौडेलले विद्यालयले शैक्षिक कार्यक्रमको अलवा सामाजिक उत्तरदायित्व वहन गर्दै समुदाय लक्षित कार्यक्रमहरु गर्दै आएको बताउँदै बार्वरा हेल्पिङ ह्याण्डलाई धन्यावद दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेलले स्वागत गर्दै अभिभावक सँगको सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको बताउँदै विद्यालयमा पठनपाठनको अतिरिक्त विद्यार्थीहरुलाई सामाजिकरण बनाउँदै विद्यालय अगाडि बढेको बताए ।
पूर्व अध्यक्षहरु, बुद्धिजीविहरु, शिक्षकहरु र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम विद्यलाय व्यवस्थापन समितिको अध्यक्ष शंकरनाथ पोडलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक रमेश सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।


विद्यालयका स्काउट र युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई स्वयम्सेवकका रुपमा परिचालिन गरिएको उक्त कार्यक्रममा १ सय ५३ जनाले स्वास्थ्य परिक्षण गरी स्वास्थ्य लाभ लिनुका साथै उनीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: