समाचारसमाज

रत्नशोभामा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् सम्मान कार्यक्रम

लेखनाथ / ३० जेठ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा नव निर्वाचित जनप्रतिनिधहरुलाई बधाई एवम् सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बधाई तथा सम्मान कार्यक्रमलाई स्मबोधन गर्दै नव निर्वाचित वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले सामुदायिक विद्यालयको समस्या प्रति आफू गम्भिर रहेको बताउँदै सरोकारवालाहरुको सल्लाह, सुझाव र सहयोग लिएर आफ्नो समू्ह सामुदायिक विद्यालयको समस्या समाधान गर्न कटिबद्ध रहेको बताए ।
यसै गरी खुला महिला सदस्य डाल्डा देवी भुजेलले सामुदायिक विद्यालयले वडामा प्रस्तुत गर्ने योजनाहरुलाई प्राथमिकताको आधारमा सम्बोधन गर्ने र वडाबाट सम्बोधन हुन नसक्ने योजनाहरुलाई महानगर र प्रदेशमा समन्वय गरी विद्यालयको समस्यामा मलम लगाउन आफू प्रतिबद्ध रहेको बताइन् ।
त्यस्तै गरी दलित महिला सदस्य इन्द्रकला विकले सबैको सहयोगले नै विद्यालयका समस्याहरु समाधान गर्ने बताउँदै समस्या समाधानमा आफू सँधै सकारात्मक रहेका बताइन् । खुला सदस्य विरेन्द्र भण्ढारीले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ वहन गर्ने बताउँदै वडामा कुनै मतभेत नगरी समग्र वडाको शैक्षिक विकासमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले आफ्नो कार्यकालमा विद्यालयमा करिब २ करोड बराबरको निर्माण भएका भौतिक संरचनाको वारेमा जानकारी दिंदै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्बन्धित निकाय र व्यक्ति विशेषलाई धन्यवाद दिएका थिए । नव निर्वाचित जनप्रतिनिधहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
विद्यालयको साहयक प्रधानाध्यापक भेषराज सुवेदीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेका थिए भने शिक्षक ऋषिराम रानाभाटले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षक पूर्ण बहादुर खत्रीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: