समाचारसमाज

लायन्स क्लव पोखरा संगम, पोखरा हेभन तथा लियो क्लव पोखरा संगमको संयुक्त रक्तदान कार्यक्रम

पोखरा ÷३० जेठ । रक्तदान –जीवनदान, जीवनदान –महादान भन्ने मुल मन्त्रलाई आत्मसात गरि लायन्स क्लव अफ पोखरा संगम, लायन्स क्लव अफ पोखरा हेभन तथा लियो क्लव अफ पोखरा संगम को संयुक्त आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा सोमबार पोखरामा सम्पन्न भएको भएको उक्त खुल्ला रक्तदान कार्यक्रममा ५२ प्वाइन्ट रगत संकलन भएको थियो ।
पहिलो रत्तदाता लियो रजनी श्रेष्ठलाई बल्ड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका रक्तदान डिपार्टमेन्ट चिफ महेश पौडेलले लायन्स क्लव अफ पोखरा संगमले यस कार्यकालमा पनि रक्तदान लगाएत थुप्रै सामाजिक सेवाका उत्कृष्ट कार्यहरु सफलता पुर्वक सम्पन्न गरिसकेको र डिष्ट्रिक बाट सम्मानित समेत भईसकेको भन्दै क्लवका लायन भोला नाथ ओझा लाई धन्यवाद सहित प्रसंसा गरेका थिए ।
यसैगरी संगम द्वारा नै स्पोन्सर गरिएको क्लव पोखरा हेवन ले पनि छोटो समयमा उत्कृष्ट कार्यहरु गरेको र लियो क्लव अफ पोखरा संगम पनि लियो डिष्ट्रिक काउन्सिल को नेतृत्वमा पुग्न सफल भएकोमा पौडेलले प्रसंसा गर्दै सम्पुर्ण रक्तदाताहरुलाई धन्वाद दिएका थिए ।
कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक महेन्द्र के सी ,जोन चियर पर्सन लायन किरण श्रेष्ठ , लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष लायन भोला नाथ ओझा , लियो डिष्ट्रिक काउन्सिल अध्यक्ष ईलेक्ट लियो दिप्ति न्यौपाने ,लियो क्लव अफ पोखरा संगमका अध्यक्ष लियो अस्मिता शर्मा लगायतले समाजमा लायन्स क्लवहरुको भुमिका रक्तदानको महत्वका विषयमा आ– आफ्नो धारणा राख्दै रक्तदान जस्तो महान कार्यमा सरिक हुने सबैलाई धन्यवाद दिएका थिए ।
लायन्स क्लब अफ पोखरा हेभनका संस्थापक अध्यक्ष जीवनराज सापकोटाले स्वागत गरेकको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा लायन्स क्लव अफ पोखरा संगमका सचिव कोपिला श्रेष्ठले गरेकी थिइन् भने लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष भोला नाथ ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: