समाचारसमाज

सुकम्वासी र अब्यवस्थीत वसोवासका लागि निवेदन आब्हान

लेखनाथ, ३१ जेठ । सुकम्वासी समाधान आयोग कास्कीले भुमिहिन सुकम्वासी,भुमिहिन दलित र अब्यवस्थीत बसोवास गर्दै आएका तर यस पुर्व निवेदन दिनबाट छुटेकालाई निवेदन दिनका लागि आब्हान गरेको छ ।
आयोगले सुचना प्रकाशन गरि गत वर्ष संकलन गरिएका निवेदन सुरक्षीत रहेकाले उक्त समयमा निवेदन दिन छुटेका ब्यत्तिहरुले असार ४ गते सम्म आफना आवस्यक कागज पत्र सहित सम्वन्धित वडामा निवेदन दिन सकिने बताएको छ ।
यसै विच पोखरा महानगरपालिका वडा नं २७ ले जनप्रतिनिधीहरुको हेल्प डेक्स नै खडा गरि राष्ट्रिय भुमि आयोगको निर्देशन अनुसार छुट भएका उपभोक्ताहरुको निवेदन संकलन गरिरहेको र निवेदनका आधारमा सुकम्वासी समस्याका वारेमा सम्वन्धित निकायमा दवाव दिने योजना बनाएको वडाअध्यक्ष पुर्ण कुमार गुरुङले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: