लेखनाथ, ५असार । पोखरा महानगरपालिकाले अगाडी सारेको पुर्ण खोपको दिगो पनाको सुनिश्चितता अभियान अन्तरगत पोखरा –२८ लाई पुर्णखोप सुनिश्चिता वडा घोषणा गरिएको छ ।
उत्त वडामा रहेका सवै उमेर समुहका बालबालिकाहरुलाई खोप लगाई सकिएको र खोपको प्रभावकारीताका बारेमा गरिएको अवलोकनबाट पनि कोही पनि ब्यक्ति खोपबाट बञ्चित हुन नपरेकाले पोखरा २८ लाई एक कार्यक्रमका विच वडाका कार्यवाहक वडा अध्यक्ष डाल्डा देवी भुजेलले पूर्ण खोप सुनिश्चिता वडा घोषण गरेकी हुन् ।
पोखरा २८ मा रहेका १५ महिना मुनिका र १६ महिना देखि २३ महिना सम्मका सबै वालवालिकालाई सवै प्रकारका खोप लागाईएकोे कालिका स्वास्थ्य चौकीका सिनिययर अहेब अधिकृत सञ्जय शर्माले जानकारी दिए ।
यसै गरी माझठाना स्वास्थ्य चौकीका अहेब अधिकृत विलास चन्द्र पौडेलले स्वास्थ्य स्वयमसेबीकाले प्रत्येक घर घरमा गएर तथ्याङ्क संकलन गरेको बताउँदै यस कार्यमा सहयोग गर्ने सबैमा धन्यवाद दिएका थिए ।
पोखरा २८ पूर्ण खोप सुनिश्चित वडा घोषणा
