लेखनाथ, ५ असार । पोखरा महानगरपालिका वडा नं.२८ ले योजना कार्यक्रमका सम्बन्धमासुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार वडा कार्यलयको सभाहलमा योजना सम्बन्धि कार्यक्रमहरुको सुझाब संकलन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष श्रीकुष्ण लामिछानेले राजिनितिक दलका प्रतिनिधिहरु, बुद्धिजीविहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु लगाएतले दिएरका सुझाबका आधारमा आगामी आर्थिक वर्षका प्राथमिकताका आधारमा योजनाहरु छनौट गरिने बताए । सबै व्यक्तिहरुले दिएको सुझाव आफूहरुलाई मार्गनिर्देशन हुने बताउँदै वडा नं.२८ लाई गर्ब लायक वडाको रुपमा विकास गरिने बताए ।
यसै गरी कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति विश्वरमण अधिकारी, नेकपा एमालेका प्रतिनिधि नारायण प्रसाद त्रिपाठी, नेकाप एककिृत समाजवादीका केशव त्रिपाठी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारी, समाजसेवी चन्द्र बहादुर पौडेल, पूर्व जिल्ला प्रशाशक अधिकृत सूर्य भण्ढारी, पूर्व गा.वि.स.उपसभापति सिब अधिकारी, समाजसेवी नारायण बजगाई , समाजसेवी भोला नाथ ओभाmा , जनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र पाडेल, रत्न शोभा माध्यमिक विद्यालयका शिक्षक ऋषिराम रानाभाट लगाएतले शिक्षा , स्वास्थ्य , खानेपान, बाटो , कृषि लगाएतका क्षेत्रमा प्राथमिकताका आधारमा समानुपातिक रुपमा योजना छनौट गरी बजेट विनियोजन गर्न वडा कार्यलयलाई सुझाब दिएका थिए ।
वडा अध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन वडा नं.२८ का सचिव अर्जुन प्रसाद सुवेदीले गरेका थिए ।
पोखरा २८ मा योजना कार्यक्रमका सम्बन्धमा सुझाव संकलन
