समाचारमनोरञ्जनसमाज

कालिका बोडिङमा चित्रकला प्रतियोगिता सम्पन्न

लेखनाथ, ६ असार । पोखरा महानगरपालिका वडा नं.२८ कालिकामा रहेको कालिका बोडिङमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
पूर्व प्राथमिक तहमा मोटु पातलु सदनबाट सुसान्त तिवारी प्रथम, रितिक सुनार द्धितिय, रिजन घिमिरे तृतिय र प्रनिषा अधिकारी सान्त्वना भएका छन् । यस्तै प्राथमिक तहबाट प्राकृतिक सौन्दर्य सदनबाट सुसान बुढाथोकी प्रथम, स्मीत केसी द्धितिय, विश्वास खड्का तृतिय र अनुस्का त्रिपाठी सान्त्वना भएका छन् । यसै गरी निम्न माध्यमिक तहबाट शान्ति सदनबाट बिपना कुइकेल प्रथम, स्मुति बुढाथोकी द्धितिय र सुबेक्षा तिवारी तृतिय भएका छन् ।
यस्तै माध्यमिक तहबाट शान्ति सदनबाट शिशिर खड्का प्रथम, बिनय भुजेल द्धितिय र आषिक रानामगर तृतिय भएको कुरा अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक केशव अधिकारीले जानकारी दिए ।
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई सर्वाङ्गिणी विकास गर्ने उद्धेश्यले तहगत रुपमा अन्तरसदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल राजेश भण्ढारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: