जिल्ला समन्वय कास्कीद्वारा गण्डकी पदेश सरकारको ध्यानाकर्षण

पोखरा ,असार ९, कास्की जिल्ला समन्वय समितिका संयोजक लिलाधर पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहिबार मुख्य मन्त्री पोख्रेलको कार्यक्षमा प्रमुख पौडेलले समन्वय प्रभाबकारी बनाउन गण्डकी प्रदेशमा कानुन अभाब हुँदा काम गर्न कठिनाइ भएको भन्दै जिल्ला समन्वय समितिहरुलाइ प्रदेश सरकारको तर्फबाट आबश्यक बजेट ब्यबस्थापन गरिदिन आग्रह समेत गरे ।
प्रमुख पौडेलले जिल्ला समन्वय समितिको भुमिकालाइ प्रभाबकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम कर्तब्य र अधिकार कार्यान्वयन गर्न आबश्यक कानुन प्रदेश सरकारले निर्माण गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका थिए।
संविधानको धारा २२०(७)(घ) बमोजिम गाउँपालिका र नगरपालिका बिच समन्बय ,सहकार्य र सहजीकरण गर्न आबश्यक ऐन , बिकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने सम्बन्धी ऐन , गैर सरकारी संस्थाहरुबाट संचालित बिकास निर्माण र अन्य कार्यक्रमको सम्बन्धमा अनुगमन गर्ने सम्बन्धि ऐन, नदिजन्य तथा खानिजन्य पदार्थको उत्खनन ,बिक्री तथा ब्यबस्थापन सम्बन्धि ऐन तत्काल निर्माण गर्नुपर्ने भन्दै सो को आबश्यक ब्यबस्था गरिदिन प्रदेश सरकारलाइ उनले आग्रह गरे।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्य मन्त्री पोख्रेलले बिकास प्रभाबकारी बनाउन सबल समन्वय आबश्यक पर्ने र सो को लागि अध्ययनपछि आबश्यक कानुन निर्माण गर्न पहल गर्ने बताए।
सो अबसरमा जिल्ला समन्वय अधिकारी नबराज बरालले मुख्य मन्त्री समक्ष कानुन अभाबमा काम गर्नु परेको अबस्थाका कठिनाइ अबगत गराउदै आबश्यक ऐन कानुन निर्माणमा ढिलाइ गर्न नहुने उल्लेख गरे।