पोखरा, ९ असार । पोखरामा पुस्तकालय व्यवस्थापन सम्बन्धि चार दिने तालिम सम्पन्न भएको छ । पाहार ट्रष्ट नेपालको आयोजना र केन ट्रष्ट युकेको आर्थिक सहयोगमा आवासिय रुपमा उक्त तालिम विहिबार सम्पन्न भएको हो ।
१० वटा विद्यालयका २० जना शिक्षक÷कर्मचारी सहभागी रहेको उक्त तालिममा पाहार ट्रष्ट नेपालका वालकासी गुरुङ र विमल नेपालीले विद्यालयमा सञ्चालन हुने पुस्तकालयमा पुस्तक दर्ता, विद्यार्र्थीहरुलाई पुस्त प्रदान गर्ने, विद्यार्थीहरुलाई पढ्ने बानीको विकास गराउने लगाएतका विषयमा सहजीकरण गरेका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पाहार ट्रष्ट नेपालनका कार्यकारी प्रमुख कान्त घलेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै पाहार ट्रष्टले सम्झौता अनुसार संस्थाको निति नियम अनुसार पुस्तकालय सहि तरिकाले व्यवस्थापन गर्न सक्ने विद्यालयलाई दश पन्ध्र वर्ष सम्म पनि सहयोग गर्ने बताए ।
यसै गरी पोजेक्ट व्यवस्थापक टेकराज रानाले पाहरा ट्रष्टको ऐतिहासिक पुष्ठभुमीको बारेमा चर्चा गरेका थिए ।
विद्यार्थी संख्याको आधारमा सफ्टवयर सञ्चालन भएका विद्यालयलाई ल्यापटप समेत वितरण गरिएको उक्त कार्यक्रमका अध्यक्ष विजुली बहादुर गुरुङले तालिमले विद्यार्थी र शिक्षक सबैको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै पुस्तकालय व्यवस्थापनमा कुनै समस्या आएमा पाहार ट्रष्ट नेपाल समस्याको समाधान गर्न तयार रहेको बताए ।
त्यस्तै प्रशिक्षार्थीहरुको तर्फबाट रुपा गाउँपािलका शिक्षक शुभराज खनाल र रत्न शोभा माध्यमिक विद्यालय कास्कीका कमला पौडेलले पुस्तकालय व्यवस्थापन सम्बन्धि तालिम अति नै उपयोगी भएको बताउँदै आफूहरुले सिकेका कुरालाई व्यवहारमा उतार्ने बताउँदै पूस्तकालय उचित तरिकाले व्यवस्थापन गर्ने बताएका थिए भने तालिमको व्यवस्थापन लक्ष्मी गूरुङले गरेकी थिइन् ।
पोखरामा पुस्तकालय व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
