समाचारसमाज

राजनीतिक परिबर्तनमा पत्रकारको ठूलो भुमिका ः प्रदेश सभामुख अधिकारी

पोखरा, १२ असार । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपालमा संघिय लोकतन्त्रान्त्रिक गणतन्त्र शासन व्यवस्था ल्याउन पत्रकारको ठूलो भुमिका रहेको बताए ।
आइतबार नेपाल पत्रकार महासंघ कास्कीको ४६ औ स्थापना दिवसका अवसरमा आयेजित पोखराको पत्रकारिता, बर्तमान आवस्था र चनौति वियक कार्यक्रमलाई सम्बोधन गर्दै उनलेले यस्तो बताएका हुन् ।
आफू सँधै पत्रकारहरुको हक अधिकारको पक्षमा सकारात्मक रहेको बताउँदै गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विद्येयकमा भएका असमजदारी बुँदाहरुलाई पत्रकारहरुसँग छलफर गरेर टुङ्ग्याउन सरकारलाई सुझाव दिएका बताए ।
समाजका सत्य तथ्य कुराहरुको बारेमा पेशा र व्यवसायिक रुपमा कलम चलाउ पत्रकारहरुलाई आग्रह गर्दै संविधान पूर्ण रुपमा कार्यन्वयन भएमा पत्रकारहरुलाई सहज हुने पनि उनले बताए ।
त्यस्तै गरी न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले पत्रकारीता क्षेत्रलाई व्यवसायिक हिसाबले अगाढि बढाउनु पर्नेमा जोड दिंदै पत्रकारिता क्षेत्र व्यापक भएको बताउँदै २०४६ सालको आन्दोलनबाट पत्रकारिता क्षेत्रको विकास भएता पनि पत्रकारिता क्षेत्रको राजनिति प्रभाव, पत्रकारिता क्षेत्रको अज्ञानता, सञ्चार क्षेत्रमा विकास भएको प्रवृधि लगाएतका विविध समस्याले सञ्चार माध्यमलाई टिकाइराख्न चुनौति भएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रिबिनादे प्रतिकले पत्रकारिता क्षेत्रको ऐतिहासिक पृष्टभुमिको बारेमा चर्चा गर्दै बर्तमान अवस्थामा पत्रकारिता क्षेत्रलाई टिकाई राख्न सरकार र सरोकारवालाहरु गम्भिर भएर सेच्नुपर्ने बेला आएको बताए ।
यसै गरी पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष पूण्य पौडेल, महासंघका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ट लगाएतले पत्रकारहरु आन्तरिक रुपमा बलियो हुनुपर्नेमा जोड दिंदै उचित समयमा सहित सूचनाहरु संकलन गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई सुझाव दिएका थिए ।
कार्यवाहक अध्यक्ष राम प्रसाद तिमिल्सिनाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महसंघ कास्की सह सचिव श्रीराम सिग्देलले गरेका थिए भने महासंघ कास्कीका उपाध्यक्ष जमुना शर्माले स्वागत गरेकी थिइन् ।

Related Articles

Back to top button
%d bloggers like this: