समाचारसमाजस्थानीय

लायन्स क्लब अफ बेगनास तालनगरीको पद हस्तान्तरण

लेखनाथ, १७ असार । अन्तराष्ट्रिय लायन्स क्बल डिष्ट्रिक ३२५ एल अन्तर्गत लायन्स क्लब अफ बेगनास तालनगरीको शुक्रबार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवम् वर्ष २०२२/२३ का अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल का को टिम लिडर पब्लिकेसन ऋषिराम रानाभाटले क्लबका अफिसरहरुको नयाँ कार्यकाल सुरु भएको भन्दै क्लब अध्यक्ष विदुर त्रिपाठीलाई बधाई दिंदै सबै मिलेर यस वर्ष क्लबलाई नयाँ उचाईमा पु¥याउनुपर्नेमा जोड दिए।
यसै गरी कोर्डिनेटर एवम् पूर्व अध्यक्ष रामचन्द्र रानाभाटले क्लबका अध्यक्ष लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिंदै आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी पदहस्तान्तरण गरेकी निवर्तमान अध्यक्ष प्रभा भुजलेलाई बधाइ दिए । क्लबका पूर्व अध्यहरु लगाएत क्लबका सबै सदस्यहरु एक भएर क्लबलाई अगाडि बढाउनु पर्ने बताए ।
सोही कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शक्ति श्री तिवारीले क्लबबाट धेरै उत्कृष्ट कार्यहरु गरेको बताउँदै डिष्ट्रिकमा उचित मूल्यांकन नभएको प्रति गुनासो गर्दै आगामी दिनमा यस्तो नहुने विश्वास व्यक्त गरिन् ।
निवर्तमान अध्यक्ष प्रभा भुजेलले अध्यक्ष विदुर त्रिपाठीलाई ग्यावेल हस्तान्तर गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यक्रमका संयोजकहरु, सचिव , कोषाध्यक्ष, उपाध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु र क्लबका पूर्व अध्यक्षहरुलाई धन्यवाद दिंदै अगामी कार्यकालालाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफ्नो कार्यकालमा दुइवटा क्लबहरुको संयुक्त आयोजनामा एउटै कार्यक्रम गर्दा डिष्ट्रिकबाट एउटा क्लबलाई मात्रै सम्मान गरेर आफ्नो क्बलालाई वास्ता नगरेको प्रति गुनासो व्यक्त गर्दै आगामी दिनमा डिष्ट्रिकबाट यस्तो भेदभाव नहुने विश्वास व्यक्त गरिन् ।
क्लबका सह सचिव वर्षा मगरले सचवि सपना सुवेदीलाई निर्णपूस्तिका हस्तान्तरण गरेकी थिइन् ।
क्लबका अध्यक्ष विदुर त्रिपाठीले आफूलाई विश्वास गरी क्लबको अध्यक्षमा सिफारी गर्ने पूर्व अध्यक्षहरु लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिंदै आफ्नो कार्यकालमा सम्पूर्ण साथीहरुलाई समेटेर पूर्व अध्यक्षहरुको सल्लाह सुझाव अनुसार क्लबलाई अगाढि बढाउने बताए । पूर्व अध्यक्षहरु लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई सहयोग गर्न पनि आग्रह गरे ।
डिष्ट्रिकको थिम परिवर्तनका साथ नम्रता लाई आत्म साथ गर्दै जहाँ आवश्यकता त्यहाँ लायन भन्ने लक्ष्य अनुसार क्लबले विगतमा गर्दै आएका वार्षिक कार्यक्रमहरु वृक्षा रोपण, रक्तदान कार्यक्रम, स्वास्थ्य सिविर, वातावरण सरसफाइ, न्यानो कपडा वितरण कार्यक्रम, शैक्षिक कार्यक्रम लगाएतका कार्यक्रमहरु गर्ने बताए । त्यस्तै डिष्ट्रिकका कार्यक्रमहरुमा सहभागी हुने बताउँदै क्लबमा नयाँ वातावरण बनाई क्लबलाई उत्कृष्ट क्लब बनाउने योजना प्रस्तुत गरेका थिए भने क्लबका प्रथम उपाध्यक्ष त्रिलोचन लामिछानेले स्वागत गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: