समाचारसमाजस्थानीय

विश्वशान्ती स्तूपा निर्माणका लागि मिलनसार तमूसमाजबट आर्थिक सहयोग

२६ असार, लेखनाथ । श्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका स्थित निर्माणाधिन विश्वशान्ती स्तूपा निर्माणका लागि मिलनसार तमू समाज बेगनासतालले आर्थिक सहयोग गरेको छ ।
आइतबार तमू समाजको सभाहलमा आयोजित एक कार्यक्रम गरी आर्थिक सहयोग गरिएको हो । मलिनसार तमू समाजका अध्यक्ष जिवन गुरुङ, सचिव ईश्वर गुरुङ लगाएतका कार्यसमितिका पदाधिकारीहरुले संयूक्त रुपमा ३० हजार ३ सय ५ रुपैयाँ विश्वशान्ती स्तूपा निर्माण समितिका अध्यक्ष आइ बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उक्त स्तूपा निर्माण समितिका अध्यक्ष आइ बहादुर गुरुङले देश तथा विदेशमा रहेका नेपालीहरुको भाइचराको सम्बन्ध विस्तार गर्दै धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासका लागि श्याङ्जा जिल्लाको पुतलीबाजर नगरपालिका वडा नं.७ स्थित भारकोट डाँडामा श्विशान्ती स्तूपा निर्माण गर्न लागिएको जानकारी दिए । विश्वभरीनै शान्तिको सन्देश फैलाउने नै यस स्तूपा निर्माण कार्यको मूख्य उद्धेश्य रहेको बताए ।

श्याङजा जिल्लाको पुतली बजार गरपालिका वडा नं.७ मा निर्माणाधिन विश्वशान्ती स्तूपा

यस्तो पवित्र कार्यमा बेगनासतालको मिलन सार तमू समाजले आथिएक सहयोग गरेकोमा धन्यवाद दिएका थिए । यसै गरी तमू समाजका अध्यक्ष जिवन गुरुङले समाजले विगत देखि स्थानिय सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्दै सामाजिक कार्यहरु गर्दे आएको बताए ।
श्याङजामा विश्वशान्ती स्तूपा निर्माण कार्यले आफूलाई धेरै खुशी लागेको बताउँदै व्यक्तिगत तर्फबात २१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग समेत गरे । आगामी दिनमा पनि सहकार्य गर्दै आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै गरी मिलनसार तमू समाजका सचिव इश्वर गुरुङले २०६२ सालमा संस्कृतिको संरक्षण र संबद्र्धन गर्ने उद्धेश्यले स्थापना भएको समाजले स्थानिय सरकार, स्थानिय सामाजिक संघ संस्थाहरुसँगको समन्वयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिंदै विश्व शान्ति स्तुपा निर्माण कार्यले आफूहरुलाई धेरै खुशी लगोको बताउँदै यस महान कार्यले विश्वमा नै शान्तिको सन्देश फैलाउने विश्वास व्यक्त गरे ।


पुतली बजार नगरपालिका वडा नं.७ भारकोट डाँडामा निर्माणाधिन विश्वशान्ति स्तूपा ३ करोड ६९ लाखको लागतमा निर्माण कार्य जारी रहेको छ । जस्मा नेपाल सरकारबाट ५० प्रतिशत आर्थिक सहयोग, ३० प्रतिशत पुतली बजार नगरपालिको सहयोग र २० प्रतिशत स्थानियको सहयोग रहने गरी निर्माण कार्य भइरहेको र करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको अध्यक्ष आइ बहादुर गुरुङले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: