समाचारस्वास्थ्यसमाजस्थानीय

बेगनासतालमा ध्यान योग शिविर सुरु

२९ असार, लेखनाथ । पोखरा ३१ बेगनासतालमा आज देखि ध्यान योग शिविर सुरु भएको छ । ध्यान योग शिविर आज बुधबार गुरुपुर्णिमा, भानुजयन्ति र व्यास जयन्तिको अवसरमा पोखरा शाहाकारी समाजले आयोजना गरेको हो । असार २९ गते देखि साउन ३ गते सम्म एक हप्ता निशुल्क रुपमा सञ्चालन हुने उक्त शिविर बिहान ५ बजे देखि ६ः३० बजे सम्म रहने छ ।
आज पहिलो दिन प्रशिक्षकहरु चक्रपाणी गौतम र विष्णुकुमारी गौतमलाई स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा शाहाकारी समाज पोखराका अध्यक्ष राममणी अधिकारीले कार्यक्रमको बारेमा प्रकाश पार्दै जीवन विज्ञानसँग सम्बन्धित सुख, शान्ति र समृद्धिका लागि ध्यान योग शिविर सञ्चालन गरिएको बताए ।
यस ध्यान योग शिविरमा सहभागी हुन पनि अधिकारीले सबैमा आग्रह गरे । त्यस्तै गरी समाजसेवी नन्द प्रसाद तिवारीले ध्यान योग शिविरको महत्वमाथि प्रकाश पारेका थिए भने शाहाकारी समाज पोखरका सविच कृष्ण प्रसाद ढुंगानाले कार्यक्रम सञ्चालन गरेका थिए । आज पहिलो दिनको ध्यान योग शिविरमा २५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रममा जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिले सहयोग गरेको शाहकारी समाज पोखरका अध्यक्ष राममणी अधिकारीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: