समाचारराजनिति

उपसभामुखमा गठबन्धनबाट भुसालको र एमालेबाट भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं, ३० असार । शुक्रबार हुने उपसभामुख निर्वाचनमा कांग्रेसकी पुष्पा भुसालले गठबन्धनको तर्फबाट र एमालेकी विद्या भट्टराईले  उम्मेदवारी दर्ता गरेकी छिन् ।

भुसालले माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मी कुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गरेकी हुन् । कांग्रेस नेतृ भुसालले संसद् सचिवालयमा पुगेर उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

यसै गरी नेकपा एमालेबाट विद्या भट्टराईले मनोनयन दर्ता गरेकी छिन् । भट्टराईले सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराई एमालेका स्वः नेता रविन्द्र अधिकारीकी धर्मपत्नी हुन् । सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।

भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: