समाचारस्वास्थ्यसमाजस्थानीय

हिमालयन हाईल्याण्डद्धारा बुक्षारोपण

३२ असार, लेखनाथ । पोखरा महानगरपालिका वडा नं.३० अन्तर्गत सुखिडाँडाको हिमालयन हाईल्याण्डले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो टोलको सरसफाइ गर्दै विभिन्न सामाजिक कायहरु गर्दै आएको टोलविकास संस्थाले आफ्नो टोल वरिपरि वातावरण स्वच्छ राख्ने उद्धेश्यले बृक्षारोपण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष भुवन श्रेष्ठले बताए ।

वडा नंं३० का वडा अध्यक्ष दुर्गा सुवेदी उपस्थितिमा सम्पन्न भएको उक्त वृक्षारोपण कार्यक्रमलाईवहिन्दु महासंघ राष्ट्रिय समिति कास्की, वैदिक सनातान समाज, वडा विकास समिति वालक्लब लगाएतका स्थानिय संस्थाहरुको सहयोगमा मोरिगा, कल्कि, तेजपात, पारिजात,अम्बा,ज्याग्रान्डा गाएत विभिन्न जातका ५ सय वटा बोटविरुवाहरु रोपिएको हो । सुखिडाँडाको बाटोको दायाँ वायाँ साइडमा रोपिएका बोटविरुवाहरु वन विज्ञान अध्ययन संस्थान पोखराले उपलब्ध गराएको संस्थाका अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: