समाचारसमाजस्थानीय

पोखरा २६ को टोल टोलमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण

२ साउन, लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२६ वडा कार्यलयले टोलटोलमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नबीकरण गर्ने भएको छ ।
वडामा बसोबास गर्ने वृद्ध वृद्धाहरु, एकल महिलाहरु अपाङ्ग र अशक्त नागरीकहरुको हितको लागि पायक पर्ने स्थानमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नबीकरण गरिने कार्यक्रम भएको वडा अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
वर्षाको समयमा जेष्ठ नागरीकहरुलाई दुःख नदिने उद्धेश्यले जनप्रतिनिधि र कर्मचारीहरुको रोहबरमा समय तालिका अनुसार विवरण संकलन गरिने अध्यक्ष थापाले बताए । जस अन्तर्गत साउन ३ गते देखि ५ गते सम्म पायक पर्ने विभिन्न स्थानमा नविकरण गरिने भएको हो ।
साउन ३ गते मंगलबार जेष्ठ नागरिक दिवा सेवा केन्द्र सक्नेरीमा दिउसो १ः३० बजे, सोही दिन जल्धारे जेष्ठ नागरिक भवन र खराने चौतारा चोकमा दिउसो १ः३० बजे नविकरण गरिने भएको हो ।
त्यस्तै गरी साउन ४ गते भवानी चोक आमा समूह भवन, देउराली आमा समूह भवन बरालडाँडा र लक्ष्मी मा.वि. चौतारामा दिउसो १ः३० बजे नविकरण गरिने र साउन ५ गते दिउसो १ः३० बजे सिलिङ्गे मन्दिर परिसरमा नविकरण गरिने प्रकाशित सुचनामा जनाइएको छ । त्यस्तै गरी नविकरण गर्दा नेपाली नागरिकताको प्रमाण पत्र, भत्ता बुझिरहेको लगत बुक र भत्ता बुझिरहेको बैंकको विवरण लगाएतका कागजातहरु सामाजिक सुरुक्षा भत्ता लाभग्राहीले साथमा ल्याउनुपर्ने पनि उक्त सुचनामा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: