समाचारस्वास्थ्यसमाजस्थानीय

लायन्स क्लव सेभेन लेक सिटीको बृक्षारोपण

लेखनाथ ३ साउन । लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटी,लायन्स क्लव अफ लेखनाथ लेकसिटी र लियो क्लव अफ लेखनाथ लेकसिटीको संयुत्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौ अर्चले पार्कमा क्लवले हरेक वर्ष जस्तै राख्दै आएको बृक्षारोपणलाई यस वर्ष पनि निरन्तरता दिदै यस पुर्व लगाएका विरुवाको गोडमेल र फलफुल जातका विरुवा लगाईको हो ।
विरुवा लगाउदै लायन्स क्लवका जि एस टी बृक्षारोपण संयोजक सोभा खत्रीले विरुवा लगाउनु मात्र ठुलो कुरा नभई लगाईएका विरुवाको संरक्षण गर्नु र त्यसबाट आय आर्जन गर्न सक्नु पर्ने धारणा राख्नु भएको थियो ।
लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटीका अध्यक्ष गोविन्द लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका बृक्षारोपण संयोजक सन्तोष कुमार श्रेष्ठ,जोन चियर प्रसन नगेन्द्रराज बराल र गणेस प्रसाद ढगाना लगाएतले बृक्षारोपणको महत्व र उपयोगिताका बारेमा जानकारी गराउनु भएको कार्यक्रमको संचालन क्लवका सचिव सुदिरमणि लामिछानेले गर्नु भएको थियो ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: