समाचारसमाजस्थानीय

पोखरा २८ का सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण टोलमा गरिने

४ साउन, लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२८ बट सामाजिक सरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुको बिवरण अध्यावधि तथा नबीकरण कार्य टोल टोलमा गरिने भएको छ ।
वडामा बसोबास गर्ने वृद्ध वृद्धाहरु, एकल महिलाहरु अपाङ्ग र अशक्त नागरीकहरुको हितको लागि पायक पर्ने स्थानमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नबीकरण गरिने कार्य साउन ५ गते देखि सुरु गरिने भएको वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।
वर्षाको समयमा जेष्ठ नागरीकहरुलाई दुःख नदिने उद्धेश्यले समय तालिका अनुसार विवरण संकलन गरिने अध्यक्ष लामिछानेले बताए । जस अन्तर्गत साउन ५ गते श्याङ्खुदी टोलका नागरीकहरुको श्याङ्खुदी सामुदायीक सामुदायिक भवनमा बिहान ८ बजे, बास्तोला गाउँ र भुर्तेल गाउँका नागरीकहरुको नबीकरण बिहान ८ बजे भुर्तेल आधारभुत विद्यालयमा, लामिछाने गाउँ, थापा गाउँ, सौर्य, तिवारी डाँडा, कंडेल गाउँ, अचमारा, बुढाथोकी गाउँ, सिमलपाटा, आँगेटारी ज्यामिरेमा रत्नशोभा माध्यमिक विद्यालय रैकरमा विहान ८ बजे नबीकरण गरिने सुचनामा उल्लेख गरिएको छ । त्यस्तै गरी सोही दिन ५ गते आचार्य गाउँ, डाँडा गाउँ, थुमा गाउँका नागरीहरुको विहान ११ बजे थुमाको चौतारोमा नवीकरण गरिने भएको हो ।
त्यस्तै गरी साउन ५ गते नै पात्ले, नौरुङ, बेत्यानीका नागरीकहरुको सामाजिक सुरक्षा भत्ता विवरण संकलन बिहान ११ बजे नौरुङ समाज घरमा र सोही दिन बेलुका ३ बजे ओख्ले देउरालीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएको हो ।
त्यस्तै गरी साउन ६ गते काफलडाली र पिपल डाली नागरीकहरुको बिहान ८ बजे देउराली चौरमा, सुर्के मैदान र तल्लो थरका नागरीकहरुको बिहान ८ बजे सुर्के मैदानमा , आरुपाटा तिँजुको बोट नागरीकहरुको बिहान ८ बजे लेखनाथ आधारभुत विद्यालयमा गरिने भएको हो । त्यस्तै गरी सोही दिन साउन ६ गते नै खराने आसपासका नागरीकहरुको सामािजक सुरक्षा भत्ता नवीकरण बेलुका ४ बजे खराने चोकमा गरिने सुचनामा जनाइएको छ ।
टोलमा नवीकरण गर्न छुटेका नगरीकहरुले साउन मसान्त भित्र वडा कार्यलयमा उपस्थित भई समाजिक सुरक्षा भत्ता नवीकरण गर्न पनि सुचनामा उल्लेख गरिएको छ ।
त्यस्तै गरी नविकरण गर्दा नेपाली नागरिकताको प्रमाण पत्र, सामाजिक सुरक्षा भत्ताको परिचय पत्रको प्रतिलिपी सहित आफूलाई पायक पर्ने स्थानमा उपस्थित हुन पनि जारी गरीएको सुचनामा उल्लेख गरिएको छ । ६८ वर्ष उमेर पुरा भएका नागरीकहरुले सामाजिक सुरक्षा भत्ताको लागि नागरीकताको प्रमाण पत्र, हालसाले खिचेको २ पासपोर्ट साइजको फोटो सहीत निवेदक स्वयम उपस्थित हुन सुचित गरिएको वडा अध्यक्ष लामिछानेले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: