समाचारसमाजस्थानीय

रत्नशोभा मा.वि. विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लामिछाने

५साउन, लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्न शोभा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षतमा सुकदेव लामिछाने चयन भएका छन् ।
जेष्ठ सदस्य सुकदेव लामिछानेको अध्यक्षतामा बसेको समितिको बैठकले लामिछानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
यसै गरी सदस्यहरुमा मुना लामिछाने, रामकृष्ण भुर्तेल, हुकुम भुजेल, सन्तोष बास्तोला, शिक्षक प्रतिनिधि यदुनाथ पाण्डे र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी रहेका छन् । यसै गरी बैठकले विद्यालयका चन्दादाता एवम् समाजीक व्यक्तित्व हिमलाल आचार्यलाई सदस्यमा मनोनित गरेको छ ।
पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले नव गठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई एवम् सफल कार्यकालको शुभकामना दिंदै विद्यालय हामी सबैका छोराछोरीले ज्ञान हासिल गर्ने विद्याको साझा पवित्र मन्दिर भएको बताए । साझा मन्दिरमा समय सापेक्ष अनुसार भौतिक सम्रचना निर्माणका अलवा सबै मिलेर विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै गरी नव गठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेले आफूले सबै सदस्यहरुको सल्लाह, अभिभावकहरुको सुझाव र विद्यालय प्रशासनसँग समन्वय गरी आगामी दिनमा अगाडि बढने बताए । लामिछाने सोही विद्यालयमा लामो समय सम्म अध्यापन गरी निबृत्त भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: