समाचारसमाजस्थानीय

हिस्टुन रुपा गाउँपालिकाको अध्यक्षमा अधिकारी

७ साउन, लेखनाथ । माध्यमिक विद्यालय शिक्षक युनियन ,हिस्टुन नेपाल अन्तर्गत रुपा गाउँपालिकाको अध्यक्षमा कल्याणराज अधिकारी सर्व सम्मत रुपमा चयन भएका छन् । कास्कीको तालचचोकमा सम्पन्न भएको अधिवेशनले अधिकारीलाई आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । यसै गरी अधिवेशनले उपाध्यक्षमा प्रशान्त श्रेष्ठ, सचिवमा रस्मिला खनाल, कोषाध्यक्षमा निर्मला न्यौपाने तिवारीलाई चयन गरेको छ ।

प्रमुख अतिथि हिस्टुनका केन्द्रिय सह अध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीले कार्यक्रमलाई सम्बोधन गर्दै

यस अघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै हिस्टुन नेपाल केन्द्रिय सह अध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीले हिस्टुन नेपालको ऐतिहासिक पृष्ठभुमिका बारेमा चर्चा गर्दै ३ दशक देखि साविक उच्च मा.वि.मा कार्यरत शिक्षकहरु अहिले सम्म स्थायी नहुनु राज्य लाचारी भएको बताए ।
राज्यका लाचारीपनका कारण संगठनका जायज मागलाई स्थापीत गर्न नसकिएको बताउँदै आगामी दिनमा संगठनका मागलाई स्थापीत गराउन पालिका, जिल्ला , प्रदेश र केन्द्रमा संगठन बलियो हुनुपर्नेमा जोड दिए ।
यदी तल्लो तहदेखि केन्द्र सम्म संगठन बलियो भएको खण्डमा सरकारलाई दबाब दिइ संगठनका जायज मागलाई स्थापीत गराउन सकिने बताए । यसले गर्दा राज्यलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जसको समस्या उसैको नेतृत्व हुनेपर्नेमा जोड दिंदै रुपा गाउँपालिका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफथ ग्रहण गराएका थिए ।
यसै गरी सोही कार्यक्रममा गण्डकी प्रदेशका सचिव सुरज मोहन पोख्रेलले आफ्नै संगठनभित्रका साथीहरु संगठीत नहुँदा राज्य र अरु विभिन्न संघ संगठनहरुले हिस्टुनमाथि प्रहार गरेको गुनासो व्यक्त गरे । केन्द्रको परिपत्र अनुसार पालिकाको अधिवेशन गरिएको बताउँदै आगामी दिनमा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।
त्यस्तै कास्की जिल्ला अध्यक्ष चक्रपाणी सुवेदीले साविक उच्च माविमा कार्यरत शिक्षकहरुको जायज मागहरुलाई राज्यले सम्बोधन नगरेसम्म पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्र बाट ससक्त रुपमा शान्तिपू(र्ण आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्ष जित बहादुर थापाले सचिव रस्मिला खनाललाई निर्णय पुस्तिका हस्तान्तरण गर्दै

रुपा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बिना तिमिल्सिनाले स्वागत गर्दै आफूहरुलाई राज्य र सरोकारवालाहरुले ्तल्लो स्तरको शिक्षकको रुपमा व्यवहार गरेको गुनासो गरिन् ।
निवर्तमान अध्यक्ष जित बहादुर थापाले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी दिंदै सहयोग गर्ने सबैलाई धन्यवादन दिएका थिए । कोषाध्यक्ष रस्मिला खनालले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कल्याणराज अधिकारीले आफू विद्यालयमा पढ्दै गर्दा साविक उच्च माविमा पढाउने शिक्षकहरुको समस्याका वारेमा आफू जानकार रहेको बताउँदै अहिले सम्म पनि राज्यले समस्या समाधान नगर्नु विडम्बना भएको बताए ।
आफ्नो कार्यकालमा सबैलाई समेटेर हिस्टुनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए भने हिस्टुन जिल्ला अध्यक्ष चक्रपाणी सुवेदीले निर्वाचन संयोजन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: