समाचारसमाजस्थानीय

जन्म दिनको अवसरमा असायलाई सयहोग

९ साउन , लेखनाथ । लायन्स क्लब अफ वेगनास तालनगरीका सह सचिव धु्रव राज त्रिपाठीले आफ्नो जन्म दिनका अवसरमा असायलाई सहयोग गरेका छन् ।
प्रत्येक वर्ष आफ्नो जन्म दिनका अवसरमा सामाजिक तथा मानविय सेवामा सहयोग गर्दै आएका त्रिपाठीले सोमबार पोखरा ३३ निवासी रेजीना नेपाली र आशा नेपाली दुइ जना महिलालाई दश हजार बराबरको दैनिकी खाद्यान्न सामग्रीका साथै १÷१ बोरा चामल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल का डिष्ट्रि को टिम लिडर पब्लिकेशन ऋषिराम रानाभाटले सहयोग गर्ने त्रिपाठीलाई शुभकामना दिंदै यस्ता मानविय सेवाका कार्यले क्लबमा सबैलाई प्रेरित गरेको बताए । जहाँ आवश्यकता त्यहाँ लायन भन्न उद्धेश्य अनुसार क्लबले प्रत्येक वर्ष विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको बताए ।
त्यस्तै गरी क्लबका प्रथम उपाध्यक्ष त्रिलोचन लामिछानेले स्वागत गर्दै क्लबले आवश्यकता अनुसार विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको बताउँदै क्बलले आगामी दिनमा पनि यस्ता कार्यहरु गर्दै जाने बताए । त्यस्तै क्लबका सह सचिव ध«ुव राज त्रिपाठीले असायहरुलाई थोरै भए पनि सयहोग गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवादन ज्ञापन गरेका थिए ।
क्लबका पूर्व अध्यक्षहरु केशव राज तिवारी, शक्ति श्री तिवारी र प्रभा भुजेलको उपस्थिति रहेको उक्त कार्यक्रममा क्लबका अध्यक्ष विदुर त्रिपाठीले आफ्नो कार्यकालको पहिलो मानविय सेवाको कार्य भएको बताउँदै आगामी दिनमा क्लबलाई अगाडि बढाउन क्लबका पूर्व अध्यक्षहरुका साथै पदाधिकारीहरु लगाएत सबैजनाले सहयोग गर्न आग्र गरेका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव सपना तिवारीले गरेकी थिजइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: