समाचारसमाजस्थानीयराजनिति

पोखरा ३१ र रुपा गाउँपालिका जोड्ने झोलुङ्गे पुलको उद्घाटन,

स्थानीय विकास निर्माणमा प्रदेश सरकारको भूमिक महत्वपूर्ण ः प्रदेश सांसद कोइराला

१० साउन, लेखनाथ । पोखरा महानगरपालिका वडा नं.३१ र रुपा गाउँपालिका वडा नं.६ जोड्ने झोलुङ्गे पुलको उद्घाटन मंगलबार गरिएको छ ।
पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण कार्य सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद एवम् विकास समितिका सभापति दिपक कोइरालाले स्थानिय विकास निर्माणमा प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने बताए । संघियता र प्रदेशका विरुद्ध सामाजिक सञ्जालमा गरिएको टिका टिप्पणी प्रति इंकित गर्दै सांसद कोइरालाले उक्त कुरा बताएका हुन् ।
सरकार सञ्चालन गर्ने पार्टी फरक भए पनि सरकार अविछिन्न रुपमा चलि रहने भन्दै पूर्वाधार विकास नै विकास निर्माणको पहिलो आधार भएको बताए।


विभिन्न समस्याका बाबजु पनि झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै स्थानिय सामाजिक संघ संस्थाहरु,राजनितिक दलहरु,बुद्धिजिवीहरु लगाएत सबै सबैलाई धन्यवादन समेत दिएका थिए। लेखनाथ क्षेत्रलाई नयाँ पोखराको रुपमा विकास गर्न आफू लागि परेको बतउँदै वेगनासताललाई नयाँ लेक साइडको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
विकास भनेको सबैको साझा भएको बताउँदै कुनै राजनितिक आग्रह नराखी सबैको अपनत्व हुने गरी सबै मिलेर विकास निर्माणमा लाग्नुपने बताए ।
यसै गरी वेगनासताल धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष धु्रवनाथ अधिकारीेले रुपा ६ को भंगरा र पोखरा ३१ को पचभैयालाई जोड्ने भोलुङ्गे पुलले विकास र सम्बृद्धि किकासको बाटो खुलेको बताउँदै लोकतन्त्रमा सबैले विकासको अनुभुति हुनुपर्नेमा जोडि दिए।्
त्यस्तै गरी इन्जिनियर हरि थापाले पूर्वाधार विकास कार्यक्रम अन्र्गतको योजना भंगरा
पभभैया जोड्ने झोलुङ्गे पुल महत्वपूर्ण भएको बताउँदै कुल १ करोड ३६ लाख ९६ हजार ७ सय ३० लागतमा पुल निर्माण कार्य सम्पन्न भएको बताए । पुलको लम्बाई २ सय ६९ मिटर रहेको जानकारी दिए भने चौडाइ १ मिटर रहेको जानकारी दिंदै पुलसँग सम्बन्धित विविध प्राविधिकका वारेमा बारेमा जाननकारी दिएका थिए ।
यसै गरी पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिन नाथ ढकालले पुल निर्माणको कार्यको ऐतिहसिक पृष्ठमुभमिका बारेमा जानकारी दिंदै २५ वर्ष पछि झोलुङ्गे पुल नर्माण कार्य भएकोमा खुशी व्यक्त गरे । पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले स्वागत गर्दै पुल निर्माण कार्यले पचभैया र भंगरामा धार्मिक, पर्यटन तथा आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।


सिमल डाँडा आमा समूशी अध्यक्ष लक्ष्मीगुरुङलेयो क्षेत्रमा पुल निर्माण हुँदा धेरै खुशी लागेको भन्दै यस पूण्य कार्यमा आमा समूह लागिपरेको बताइन् । पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सोही वडाका सचिव दुर्गा न्यौपानेले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: