समाचारसमाजस्थानीय

पोखरा २६ सक्नेरीमा हुने शिव पुराणको तयारी अन्तिम चरणमा

लेखनाथ १२ साउन । पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा साउनको १४ देखि २२ गते सम्म हुन लागेको शिव पुराण ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ लोक सास्कृतीक संरक्षण समिति र उज्जवल आमा समुहको संयुक्त आयोजना र विभिन्न स्थानिय सामाजिक संघ सस्थाहरुको सहकार्यमा हुन लागेको ज्ञान महायज्ञको तयारीका बारेमा विहिवार राखिएको संचारकर्मी भेटघाटमा आयोजक समितिका संयोजक जगननाथ तिमिल्सेनाले ७५ प्रतिशत तयारी पुरा भएको बताएका हुन् ।

धर्मको भावले ज्ञान वितरण गर्ने शिव पुराण ज्ञान महायज्ञलाई ब्यवस्थीत र प्रभावकारी बनाउनका लागि २३ वटा बिभिन्न उप समिति,नौ सदस्यीय कार्यसम्पादन समिती, एक हजार एक सदस्यीय मुल आयोजक कमिटी, एक सय एक जनाको सल्लाहकार समिति गठन गरि तयारीलाई अगाडी वढाईएको प्रचार प्रसार उप समितिका संयोजक राजु बरालले जानकारी दिएका छन् ।

बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार,राष्ट्र कल्याण,बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती ,जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेस्यले ज्ञान महायज्ञ गर्न लागिएको हो ।
महायज्ञ संचालनका लागि करिव आठ लाख ५० हजार खर्च लाग्ने र भत्तजनहरुबाट करिव एक करोड ५० लाख संकलन गर्न सकिने अनुमान लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष एवंम महायज्ञका संयोजक जगन्नाथ तिमिल्सिनाको भनाई रहेको छ ।

साउनको महिना भनेको शिवको महिना र यो वर्षको साउनमा मात्र पाँचवटा सोमवार परेकाले सुभ र राम्रो साईत जुराएर शिवको महिमालाई उजागर गर्नका लागि शिव पुराण ज्ञान महायज्ञ गर्न लागेको मुल आयोजक कमिटिकी महासचिव तारा शर्मा ढकालको भनाई रहेका थियो ।

नौ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा दिगदर्शन वाचन शिरोमणि दीपक सापकोटा प्रमुख बाचक र युवा पण्डित रामप्रसाद सिग्देल उप वाचकको मुखाराविन्दुबाट दैनिक रुपमा भजन कृतन सहितको संगितमय प्रवचन हुने बताईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: