
लेखनाथ, १४ साउन । शिशुवा नेवा खलको अध्यक्षमा अर्जुन कुमार ताम्राकार निर्वाचित भएका छन् । खलको छैटौं वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनले ताम्राकारलाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्व सम्मत रुपमा चयन गरेको हो ।
यसै गरी उपाध्यक्षमा प्रेम कुमार श्रेष्ठ, सचिवमा भैरबलाल श्रेष्ठ, कोषाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सह सचिवमा भुमण्डल ताम्राकार, सह कोषाध्यक्षमा राजु ताम्राकार, चयन भएका छन् । त्यस्तै अधिवेशनले बुद्धिमान श्रेष्ठ, वुद्धि श्रेष्ठ, मिलन श्रेष्ठ, टिकालाल श्रेष्ठ, इश्वर कुमार श्रेषठ, पुष्पा श्रेष्ठ, दिलिप श्रेष्ठ, उषा श्रेष्ठ, लक्ष्मी तज्यालाई सदस्यमा चयन गरेको छ ।
यस अघि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान तथा प्रवृधि एवम् सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेवार समुदायको फरक किसिमको संस्कृति भएको बताउँदै पुर्खाहरुले चलाएको चलनलाई नयाँ प्रकृतिबाट अगाडि बढाउनुपर्ने बताए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । नेवार समुदायभित्र विभिन्न जीवन उपयोगी जस्ता सिपमुलक कार्यक्रमहरु मार्फत क्षमता अभिवृद्धि गर्दै आर्थिक रुपमा स्वाबलम्बि हुनपर्नेमा जोड दिए । यसले नेवा खलको महत्व बढ्ने विचार व्यक्त गरे ।
श्रोत र साधन भित्र रहेर विकास निर्माणका कार्यहरु गर्न प्रदेश सरकार सदैव जनताको साथमा रहेको बताउँदै आगामी दिनमा शिशुवा नेवा खललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवम् विकास समितिका सभापति दिपक कोइरालाले समाजमा रहेका विभिन्न समुदायको भाषा, संस्कृतिको जगेर्ना गर्न सके राष्ट्रियता बलियो हुने धारणा राख्दै नेवार जातिको भाषा संस्कृतिलाई शिशुवा नेवा खलले जगेर्ना गरेकोमा प्रशंसा गरे । हरेक जातिका आफ्ना भाषा र संस्कार हुने बताउँदै सबै समुदाय विच एकता भावना हुनेपर्नेमा जोड दिए ।
त्यस्तै गरी कास्की नेवा खलका अध्यक्ष अशोक पालिखे, लखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यष गोपी बास्तोला, कास्की मिसा पुचका अध्यक्ष मेनका श्रेष्ठ, कास्की यमपुचका अध्यक्ष मधुसुधन जोशी, लेखनाथ नेवा खलका अध्यक्ष प्रेम लिगल, वडा नं.३० का वडा सदस्य उमा परियार लगाएतले संस्कृति नै मानव जातिको पहिचान भएको बताउँदै आफ्नो संस्कृतिकौ जगेर्नाले नै मानव जीवनको अस्तित्व रहने धारणा व्यक्त गरे ।
निवर्तमान उपाध्यक्ष इश्वरमान कतिलाले स्वागत गरेको कार्यक्रममा निवर्तमान कोषाध्यक्ष भैरबलाल श्रेष्ठले आर्थिक प्रतिवेदन र निवर्तमान अध्यक्ष भुवन श्रेष्ठद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन अधिवेशनले सर्वसम्मत रुपमा पास गरेको थियो । निवर्तमान अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा पृुर्व अध्यक्ष राजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने नेवा खलका निवर्तमान सचिव अर्जुन ताम्राकारले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेवा खलका जेष्ठ नागरीक कबिरमान कतिला, पदमलाल ताम्राकार, विष्णु मायाँ श्रेष्ठ, सन्त मायाँ ताम्राकार, पञ्चरी श्रेष्ठ, बुद्धिकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो । यसै गरी कास्की जिल्ला नेवा खलका अध्यक्ष अशोक पालिखे, डा.विद्याभुषण ताम्राकार, डा.निराजन श्रेष्ठ, इश्वरमान श्रेष्ठ, निरलाल तझया, राजकुमार श्रेष्ठ लगाएतलाई समाजमा योगदान पु¥याए वापत सम्मान गरिएको थियो ।