
लेखनाथ, १४ साउन । माध्यमिक विद्यालय शिक्षक युनियन ,हिस्टुन नेपाल अन्तर्गत अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकाको अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकामा सम्पन्न भएको महाधिवेशनले दयाराम ओझालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । यसै गरी उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा तारापति भण्डारी, कोषाध्यक्षमा विष्णुकुमारी बराल र सदस्यमा नवराज खनाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हिस्टुन नेपाल केन्द्रिय सह अध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीले हिस्टुन नेपालको ऐतिहासिक पृष्ठभुमिका बारेमा चर्चा गर्दै ३ दशक देखि साविक उच्च मा।वि।मा कार्यरत शिक्षकहरु अहिले सम्म स्थायी नहुनु राज्य लाचारी भएको बताए । जसको समस्या उसैको नेतृत्व हुनेपर्नेमा जोड दिंदै संगठनका जायज मागहरु स्थापीत गर्न तल्लो तह देखि केन्द्रसम्म संगठन बलियो बनाई राज्यलाई धक्का दिनुपर्ने आवश्यकता भएको औल्याए ।

यसै गरी सोही कार्यक्रममा गण्डकी प्रदेशका सचिव सुरज मोहन पोखरेल, कास्की जिल्ला अध्यक्ष चक्रपाणी सुवेदी, पुनम राणा बस्नेत लगाएतले हिस्टुनका बारेमा चर्चा गर्दै नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । गण्डकी प्रदेशका अध्यक्ष एवम् केन्द्रका सह अध्यक्ष शंकर तिवारीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै शुभकामना दिएका थिए भने कास्की जिल्ला अध्यक्ष चक्रपाणी सुवेदीले निर्वाचन मण्डलको संयोजन गरेको कार्यक्रमको सञ्चालन दयाराम ओझाले गरेका थिए ।
हिस्टुन मादी गाउँपालिकाको अध्यक्षमा कुँवर
यसै गरी हिस्टुन मादी गाउँपालिकाको अध्यक्षमा विजय कुँवर निर्वाचति भएका छन् । शनिबार नै सम्पन्न भएको माध्यमिक विद्यालय शिक्षक युनियन ,हिस्टुन नेपाल अन्तर्गत मादी गाउँपालिकाको अधिवेशनले कुँवरलाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा रघु सापकोटा, सचिवमा पान बहादुर खड्का, कोषाध्यक्षमा अमृत ढकाल निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष विद्यानाथ जमरकट्टेलको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अध्यक्ष एवम् केन्द्का सह अध्यक्ष शंकर तिवारीले नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै शुभकामना व्यक्त गरेका थिए ।
तिवारीले आफ्नो समस्या अरु कसैले पनि समाधान नगर्ने बताउँदै तल्लो तह देखि माथिल्लो तह सम्मका पदाधिकारीहरु आफै तात्नुपर्नेमा जोड दिए । पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म संगठन बलियो हुनुपर्नेमा जोड दिंदै संगठनका जायज मागहरुलाई स्थापीत गर्न पालिका, जिल्ला, प्रदेशले केन्द्रलाई घच्घच्याउनुपर्ने बताए ।
निवर्तमान सचिव विजय कुँवरले सञ्चालन गरेको कार्यक्रममा प्रदेशका सचिव सुरज मोहन पोखरेलले नव निर्वाचित समितिलाई बधाइृ दिंदै धन्यवाद ज्ञापन गरेका थिए भने जिल्ला अध्यक्ष चक्रपाणि सुवेदीले निर्वाचन मण्डलको संयोजन गरेका थिए ।