समाचारमनोरञ्जनसमाजस्थानीय

फेदी नेवा खलःले रुपामा प्रदेश स्तरीय लाखेनाच प्रतियोगिता गर्ने

लेखनाथ, १८ साउन । फेदी नेवा खलः रुपाले प्रदेश स्तरीय लाखेनाच प्रतियोगिता गर्ने भएको छ । रुपा गाउँपालिकाको स्थानिय फेदी नेवा खलः ले वडा नं. ५ फेदीमा यहि साउन २१ गते गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ स्थापित फेदी नेवा खलःले नेवाः समुदायको कला संस्कृतिको संरक्षण एवं नयाँ पुस्तामा रितीरिवाज र सस्कृति हस्तान्तरणका साथै समुदायमा एकताको सन्देश प्रवाह गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मोहन जोशीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३३ हजार ३ सय ३३, द्धितिय हुने टिमलाई २२ हजार २ सय २२ र तृतिय हुने टिमलाई ११ हजार १ सय ११ प्रदान गरिनेछ । साथै उत्कृष्ट अनुशासित टिमलाई र उत्कृष्ट भेषभुषालाई नगद ४ हजार ४ सय ४४ रुपैंया प्रदान गरिने क्लवका सचिव सुरेन श्रेष्ठले वताएका छन । उनले संस्कृति नै मानज जातिको पहिचान हुने भन्दै यसको संरक्षण र सम्बद्र्धन गर्न गण्डकी प्रदेश सरकारले बजेट जिनियोजन गर्नुपर्नेमा जोड दिंदै सरकारको ध्यानकर्षण गराए ।
प्रतियोगितामा सहभागी हुनको लागी टिम दर्ता शुल्क २ हजार लाग्ने र टिमका १२ जना सदस्य सम्मलाई निशुल्क रुपमा खाजा यवस्था आयोजकले गर्ने वताएको छ । प्रतियोगितामा कास्की, तनहुँ र लम्जुङबाट २३ टिमको सहभागीता रहने अध्यक्ष जोशीले बताए ।
प्रतियोगिताको आयोजनाको लागी करिब ७ लाख खर्च हुने र १२ लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ । प्रतियोेगिताबाट वचत भएको रकम फेदी नेवाः खलको बहुउद्धेश्यीय भवन निर्माणमा खर्च गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: