Site icon Gaule Media ::

पोखरा २८मा बालबालिकालाई दोस्रो चरणको खोप लगाइने

पोखरा, १८ साउन । कोभिड–१९ विरुद्धको खोप अभियान २०७८/०७९ खोप अभियानको लक्षित उमेर समुह अनुसार बालबालिकालाई PFIZER Bio NTech खोप लागाइने भएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको व्यवस्थापनमा पोखरा २८ का विभिन्न खोप केन्द्रहरुमा खोप लगाइने स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशले जानकारी दिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कालिका आधारभूत विद्यालय, रत्न शोभा मा.वि.माझठाना रैकर र लेखनाथ आधारभूत विद्यालयमा साउन २० गते खोप लगाइने भएको हो ।
यसै गरी जनज्योति मा.वि.कालिकास्थान, सिद्ध आधारभूत विद्यालय र भूर्तेल आधारभूत विद्यालयमा साउन २२ गते खोप लगाइने भएको हो ।
यसै गरी जनज्योति आधारभूत विद्यालय, डाँडा गाऊँ खोप केन्द्र र माझठाना स्वास्थ्य चौकीमा साउन २३ गते खोप लगाइने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै गरी साउन २४ गते कालिका स्वास्थ्य चौकीमा खोप लगाइने भएको हो ।
५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने उक्त दोस्रो चरणको खोप कार्यक्रममा यसभन्दा पहिला लगाएको खोप कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने माझठाना स्वासथ्य चौकीका अहेब अधिकृत विलास चन्द्र पौडेलले जानकारी दिंदै खोप कार्यक्रममा सहयोग गर्न सम्बन्धित सबै टोल बासीलाई आग्रह गरेका छन् ।

Exit mobile version