Site icon Gaule Media ::

रत्न शोभा खोप केन्द्रमा ५५ जना बालबालिकाले दोस्रो चरणको खोप लगाए

पोखरा, २० साउन । पोखरा महानगरपालिकाको रत्न शोभा मा.वि. खोप केन्द्रमा ५५ जना बालबालिकाले दोस्रो चरणको खोप लगाएका छन् । कोभिड–१९ विरुद्धको खोप अभियान २०७८÷०७९ अनुसार शुक्रबार पाँच वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई PFIZER Bio NTech खोप लागाएको हो ।
दोस्रो चरणको खोप कार्यक्रममा ३४ जना बाबुहरु र २१ जना नानीहरु गरी ५५ जनाले खोप लगाएको माझठाना स्वासथ्य चौकीका अहेब अधिकृत विलास चन्द्र पौडेलले जानकारी दिए । त्यस्तै गरी ८ जनाले पहिलो डोज लगाएका छन् । जसअन्तर्गत ५ जना बाबु र ३ जना नानीहरुले लगाएका हुन् ।
माझठाना स्वासथ्य चौकीका अहेब अधिकृत विलास चन्द्र पौडेलले खोप कार्यक्रमलाई सहजीकरण गरी सफल बनाउन सहयोग गर्ने विद्यालय प्रशासन , अभिभावक लगाएत सरकोकारवाला सबैलाई धन्यवाद दिएका छन् ।
यसै गरी पोखरा महानगरपालिका नगर कार्यपालिकाको व्यवस्थापनमा पोखरा २८ अन्तर्गत जनज्योति मा.वि.कालिकास्थान, सिद्ध आधारभूत विद्यालय र भूर्तेल आधारभूत विद्यालयमा साउन २२ गते र जनज्योति आधारभूत विद्यालय, डाँडा गाऊँ खोप केन्द्र र माझठाना स्वास्थ्य चौकीमा साउन २३ गते र साउन २४ गते कालिका स्वास्थ्य चौकीमा खोप लगाइने
कार्यक्रम रहेको पौडेल बताए । खोप लगाउँदा पहिलो डोज लगाएको खोप कार्ड साथमा लिएर खोप केन्द्रमा खाफ्ना बाबु नानीहरुलाई पठाई सहयोग गरिदिन अभिभावकहरुलाई पौडेलले आग्रह गरेका छन् ।

Exit mobile version