मुख कन्डोम प्रयोग गर्नु कत्तिको आवश्यक छ त ?
१८ कात्तिक । जब म २० वर्षकी थिए एक दिन च्यारिटी युनिभर्सिटीले मेरो नाममा पठाएको एउटा पार्सलको पोको पाएँ ।
त्यो पोकोभित्र एउटा सानो बक्स पनि रहेछ जहाँ ओरल सेक्स अर्थात मुख मैथुन सुरक्षित बनाउने उपकरणहरु रहेछन् । जब ति सामान देखे मलाई लाग्यो की यौनसुरक्षाका लागि मलाई यी समानहरु पठाइएको होला । त्यो बक्सबाट एउटा सानो फाइल प्याकेज बाहिर निकाले । पहिलो पटक मेरो सामना ‘डेन्टल ड्याम’ सँग भयो जुन लेटेक्सको वर्गाकार तथा आयातकार टुक्रा हुने गर्दछ जस्को प्रयोग यौनीमा गरिन्छ । यो अनुभव एक समलिङगी महिलाको हो ।
डेन्टल ड्याम सेक्सका क्रममा प्रयोग गरिने रबरको बोक्रा जस्तै देखिने एक कण्डम नैं हो । यस्को प्रयोगपछि मुख मैथुनका क्रममा हुन सक्ने संक्रमणको आशंका न्युन हुने गर्दछ । ‘डेन्टल ड्याम’ लाई बुझ्ने भाषामा भन्नुपर्दा मुखमा प्रयोग हुने कण्डम भन्न सकिन्छ । यस्को बारेमा सोच्ने हो भने त्यति सेक्सी आभाष हुदैन् । तर संक्रमणबाट बचाउन भने ठूलो भूमिका खेल्ने गर्दछ ।
एक रिर्पोटका अनुसार २०१६ मा १५ देखि २४ उमेर समूह हेट्रोसेक्शुअल अर्थात पुरुष तथा महिलाका बीचमा यौन सम्बन्ध बनाउने इच्छा, मानिसहरु मध्ये ६२ प्रतिशतमा कमिडिया, ५० प्रतिशतमा गनोरिया,४८ प्रतिशतमा गुप्तांगमा गाँठागुठी तथा छालाको संक्रमणबाट पीडीत हुने गरेका छन् । समलिङगी पुरुषमा यसको आशंका बढी रहने गर्दछ । तुलनात्मक रुपमा महिलाका बीचमा हुने सेक्समा यस्ता बिमारीहरुको आशंका कम हुने गर्दछ ।
उनले भनिन्–जब मैलै किशोरावस्थामा पहिलोचोटी डेटिङ शुरु गरेकी थिए तब मलाई कुनै आइडिया थिएन की लेस्बियनको लागि पनि सुरक्षित सेक्सको आवश्यकता पर्दछ । तर डेटिङका क्रममा मलाई यो महसुस भयो की लेस्बियनका लागि पनि सुरक्षित यौनकार्यको जरुरी हुन्छ । यसको लागि बजारमा कण्डम जस्तै गरी ‘डेन्टल ड्याम’ प्याकेट बेचिदोरहेछ । तर कण्डम झै सजिलै बजारमा पाउन भने कठिन रहेछ , धेरै पसममा खोज्दा मात्र ‘डेन्टल ड्याम’ पाउन सकिने उनले बताइन् । अनलाइन सपिङबाट यो कण्डम किन्न भने सजिलो रहेछ ।
समलिङगीहरुमा सुरक्षित सेक्सको विषयमा कुरा नै नउठ्ने गरेको बीबीसीले लेखेको छ । यस्तो हुनुमा अनुसन्धानको अभाव पनि कारण रहेको छ । २०१६ मा नेशनल एलजीबीटी पार्टनरशिपले गरेको एक सर्वेमा १०१ लेस्बियन मध्ये आधा जसोले सेक्शुअल क्लिनिकमा आफूहरुलाई राम्रो व्यवहार नहुने गरको अनुभव सुनाएका थिए । बीबीसी, बाट साभार