दमैलीमा सागर आलेको सालैजो प्रस्तुति,आयोजकलाई दर्शक धान्ने हम्मेहम्मे(भिडियो सहित)
पोखरा- सागर आलेमगरलाई नेपाल आइडलकै बेला थुप्रैपल्ट सुनेका र देखेका थिए.नेपाल आइडलका तेस्रो रनरअप गायक सागर आलेमगर कन्सर्टका लागि हिजो दमौली आइपुगे.जब उनले आफुले पहिलो पटक नेपाल आइडलमा प्रवेश गर्दा गाएको सालैजो प्रस्तुत गरे सबै दर्सकहरु एकासी उनको नजिक पुगने कोशिस गरे यसै क्रममा कोहि कोहि दर्सक पेलीएका थिए जसका कारण आयोजकलाई केहि बेर दर्सकलाई मिलाउन गारो परेको थियो.
करिब ५ बजे स्टेजमा चढेका सागरलाई गेटबाट समर्थकले घेरेर भित्र प्रवेश गर्नेनै १५ मिनेट लागेको थियो तर, टेलिभिजनको स्क्रिनमा देख्नु र प्रत्यक्ष पाउनुमा निकै गर्व माने दमौलीका संगीतप्रेमीले र सागरका फ्यानले। उफ्री उफ्री नाच्न र धुलो उडाएका थिए अझ उनले सालैजो गित गाउदा दर्सकले धुलो धुलो उडाएदै नाचेका थिए आलेलाई पनि दमौलीका स्रोता र दर्शकसँग सँगै झुम्न पाउँदा दंग थिए । हेर्नुहोस भिडियो सागर आलेले दमौलीका दर्सकलाई दिएको धमाकेदार सालैजो प्रस्तुति
.