समाचार

सन्तपुरबस्ती २५ प्रतिशत निर्माण हुदा आर्थिक अभावका कारण पिरमा धुर्मुस सुन्तली(भिडियो सहित)

पोखरा-बिस्तारै देश चुनाबको माहोलमा प्रवेश गरेको तर चुनाबले बाढी कारण खुशी लुटीएका हजारौ घरहरु अझै पनि साझ खाना खाने बेलामा टाउकोमा हात राखेर अब चुलोमा के बाल्ने र के पकाउने भन्ने चिन्तामा छन् यो चुनाबले उनीहरुलाई के दिने छ भन्ने निश्चितप्राय छ सधाको जस्तै उनीहरुलाई आस्वासन बोकेर आउने छ चुनाब र संगै नेताहरु पनि.उनीहरुलाई चिन्ता छ अब जाडोका कारण भबिस्यका आशाका टुकी छोरा छोरीलाई जोगाउन सकिन्छ या सकिदैन भन्ने.

यतिबेला चर्चित कलाकार धुर्मुस र सुन्तली रौतहटको सन्तपुर नमुना बस्ती निर्माणको क्रममा छन्.तराईको बाढीले घरबार बिहिर बनेका पिडितहरुको घाउमा मलम खोज्दै तराई झरेका धुर्मुस सुन्तली अहिले दिन रात नभनीकन काम गरीरहेका छन्.यही चिन्ता र दुखका बीचमा राहत र आश बनेर उभीएका छन् धुर्मुस सुन्तली तर उनीहरु पिर र चिन्ता पनि बेग्लै छ.उनिहरुलाई चिन्ता छ कतै गरिबलाई दिएको बोली पुरा गर्नेपो सक्दिनकी भन्ने संगै जाडोमा चल्ने मुटु लुगलुग कमाउने शितलहरबाट सन्तपुरका बाढी पिडितलाई न्यानो घर हस्तान्तरण गर्ने सकिदैन की भन्ने किनकी उनीहरु पनि आर्थिक अभाबमा छन् उनीहरु भन्दै छन् अहिले दैनिक खर्च पनि ठुलो छ २५० जना कामदार काम गरीरहेका छन् र बस्ती निर्माणको काम २५ प्रतिशत संम्पन्न भइसकेको छ उनीहरु आशा गरीरहेका छन् मनकारी र सेवानै धर्म भन्ने नेपालीहरुबाट सहयोग पाउने छौ र बस्ती निर्माण गर्ने छौ.भिडियोमा हेर्नुहोस यस्तो आर्थिक अभाबमा छ बसन्तपुर नमुना बस्ती निर्माण योजना संगै धुर्मुस सुन्तलीको अनुरोध

Related Articles

Back to top button
%d bloggers like this: