मनोरञ्जन
आतंकवादीसँग सलमानको लडाई, यस्तो छ ‘टाइगर जिन्दा हे’को ट्रेलर
यो बर्षको इदमा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’ बक्स अफिसमा असफल भएका कारण पनि बलिउड नायक सलमान खानलाई ठूलो चुनौती छ । यसैले, उनी फेरि आफ्नो एक्सन अवतारमा फर्किएका छन् ।
डिसेम्बर २२ मा रिलिज हुन लागेको सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलर रिलिज भएको छ । आज रिलिज भएको ट्रेलरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ । अली अब्बास जफरले निर्देशन गरेको यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेका हो ।
ट्रेलरमा विश्वकै शक्तिशाली आतंकवादी समुहबाट अपरहणमा परेका २२ जना भारतीय नर्सलाई सलमानले कसरी बचाउँछन् भन्ने देखाइएको छ ।