सावधान ! शरीरको यी ६ भागलाई पटक-पटक नछुनुहोस् हुनुहोला बिरामी
हाम्रो शारिरमा केही यस्ता भाग हुन्छन्, जसलाई पटक-पटक छुँदा इन्फेक्शन फैलिन सक्ने खतरा बढ्छ । यस अवस्थामा रोगहरूले संक्रमण गर्न थाल्छ । यदि विशेष सावधानी अपनाउन सकेमा र हातलाई सफा राखेमा यी समस्याहरूबाट बँच्न सकिन्छ । चिकित्सकका अनुसार, शरीरको यस्ता ६ भाग छन्, जसलाई पटक-पटक छुँदा शरीरमा इन्फेक्शन फैलिन सक्छ ।
१-काखीमुनि
पसिनाको कारण काखीमुनि ब्याक्टेरिया बन्न थाल्छ । यदि यहाँ पटक-पटक छुँदा ब्याक्टेरिया हातको माध्यमले शरीरको बाँकी भागमा पुगी इन्फेक्शन फैलिन सक्छ ।
२-आँखा
आँखामा हातले मसल्दा हातको ब्याक्टेरिया आँखामा जान्छ । यसबाट आँखामा इरिटेशन बढ्न सक्छ ।
३-अनुहार
दिनभरी अनुहारमा पटक-पटक हात लगाउँदा हातको ब्याक्टेरिया अनुहारमा जम्मा हुनथाल्छ । यस्तो अवस्थामा डन्डीफोर र इन्फेक्शनको समस्या हुनसक्छ ।
४-कान
कानलाई सफा गर्नको लागि कुनै पनि चीजको प्रयोग गर्दा इन्फेक्शनको खतरा बढ्छ । यसबाट कानमा घाउ हुनसक्छ ।
५-मुख
हातको औंलालाई पटक-पटक मुख वा ओठमा लगाउँदा ब्याक्टेरिया मुख भित्र जान्छ । यस अवस्थामा भाइरल इन्फेक्शनको खतरा बढ्छ ।
६-नाक
नाक सफा गर्नको लागि पटक-पटक औंलाको प्रयोग गर्नाले नाकको ब्याक्टेरिया हातमा आउँछ । यी ब्याक्टेरिया शरीरको दोस्रो भागमा पुगी इन्फेक्शन फैलाउन सक्छ ।