समाचार

माओवादी केन्द्रकी उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट पेस्तोलसहित गोली बरामद, गम्भीर अनिष्टको संकेतः डा.बाबुराम भट्टराई

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ । गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्ने क्रममा प्रहरीले आज ९–एमएम पेस्तोल र तीन थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो । ।

मोटरसाइकल चालक भीमसेन–४ का गुणप्रसाद खनाल फरार छन् । उनले बोकेको झोला खानतलासी गर्दा प्रहरीले सो हतियार र गोली बरामद गरेको हो । झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

सिम्खडाले आफूले खनालसँग मोटरसाइकलमा ‘लिफ्ट’ मात्रै मागेको हुँदा हतियारको विषयमा आफूलाई केही जानकारी नभएको बताएको प्रहरीले जनाएको छ ।

यसैबीच नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नेतासँग हतियार भेटिनु गम्भीर अनिष्टको संकेत भएको बताएका छन् । मंगलबार माओवादी केन्द्रकी नेतृ तथा गोरखाबाट समानुपातिक उम्मेदवार सुशीला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएपछि सामाजिक संजाल ट्‍वीटरमार्फत डा. भट्टराईले अनिष्टको संकेत गरेका हुन् ।

‘आज गोरखाको धावामा मके (माओवादी केन्द्र) का जिम्मेवार नेता/कार्यकर्ता हातहतियारसहित पक्राउ पर्नु गम्भीर अनिष्टको संकेत । सबै बेलैमा गम्भीर बनौं’ चुनावी घरदैलो अभियानमा रहेका भट्टराईले लेखेका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: