समाचार

यी वृद्धको चिया पसलमा – प्रधानमन्त्री देउवा देखि पुर्वयुवराज दिपेन्द्र सम्मको उधारो बाँकी – (हेर्नुहोस् भिडियो)

त्रिवि कीर्तिपुर एमबीएस विभागको अर्कोतिर एउटा पुरानो चिया क्यान्टिन छ । जहाँ भुँइमै बसेर चिया उमालिरहेका एक वृद्ध देखिन्छन् । तिनी हुन् नीकाजी विष्ट । त्रिवि त स्थापना भयो । तर, त्यहाँ कार्यरत प्र्राध्यापक, कर्मचारी र पढ्ने विद्यार्थी चिया खान बल्खु चोक नै पुग्नुपर्ने बाध्यता थियो । त्यो सुविधा हटाउन तत्कालीन भीसी त्रैलोक्यनाथ उप्रेतीले नानीकाजीलाई त्यो ठाउँ उपलब्ध गराए । नानीकाजी १६ वर्षको उमेरमै त्रिविमा चिया पसले बने । ‘मैले पैसा कमाउन यो काम शुरु गरेको थिइनँ,’ उनले आफू चिया पसले हुुनुको कथा जोडे, ‘त्यत्रो विद्वानले हामीलाई चिया, चुरोट खान असुविधा भयो, तिमीले गर्नुपर्‍यो भनेपछि सेवाभावले शुरु गरेको हुँ ।’ २०२१ सालमा नानीकाजीले १० पैसामा बेचेको चियाको मूल्य आज २० रुपैयाँमा उक्लिएको छ । यी वृद्धको चिया पसलमा – प्रधानमन्त्री देउवा देखि पुर्वयुवराज दिपेन्द्र सम्मको उधारो बाँकी – हेर्नुहोस् भिडियो…

Related Articles

Back to top button
%d bloggers like this: