समाचार

सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्री बादलको उद्घोष

काठमाण्डौ,२३ बैशाख
गृहमन्त्री रामबहादुर थापा बादलले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोड्ने तयारीमा सरकार रहेको बताएका छन । गृहमन्त्रालयमा आइतबार उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानिया नेतृत्वको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री बादलले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका पनि सबै एकाधिकार तोडेर छाड्ने प्रतिवद्धता व्यक्त गरे । ‘केहीलाई कारवाही प्रक्रियाबाट हामी पछाडि हट्छौंकी भन्ने लाग्न सक्छ, अब हामी र्फकदैनौं र र्फकन छुट पनि छैन ।’ उनले भने ।
छलफलमा मञ्चका पदाधिकारीहरुले ट्रक, पेट्रोलिय पदार्थ बोक्ने ट्यांकर, शिक्षा, स्वास्थ्य, बैंक लगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणवद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए । भेटमा मञ्चका पदाधिकारीहरुले एकाधिकार अन्त्यका लागि आफूहरुले वि.सं २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्रीलाई बधाइ दिएका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: