समाचार

रत्न शोभामा ५९औं वार्षिकोत्सव सम्पन्न

लेखनाथ २५ बैशाख ।
पोखरा लेखनाथ २८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा ५९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
शिक्षक अभिभावक संघका अध्यक्ष टेकनाथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षक विकास समन्वय इकाइ कास्कीका प्रमुख नरेन्द्रराज पौडेलले राज्यको वर्तमान शिक्षा निति परिवर्तनको खाँचो औल्याउँदै शिक्षामा विध्यमान आरक्षण देशका लागि अभिषाप भएको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्नका लागि शिक्षक, अभिभावक, विद्यार्थीको हातेमालोबाट मात्रै सम्भव हुने भन्दै देशको परिवेश अनुसार स्वदेश तथा विदेशमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए।
शिक्षा विकास समन्वय इकाइ कास्कीका उपसचिव गोविन्द राज पोख्रेल, बुद्धिजीवि एवम् चन्दादाता विर बहादुर बुढाथोकी, समाजसेवी ऋषिराम लामिछाने, समाजसेवी मान बहादुर गुरुङ,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य प्रकाश तिवारी, पूर्व अध्यक्ष टिकाराम लामिछाने लगाएतले शिक्षाको विकास विना देश विकासको सम्भव नहुने भन्दै गुणस्तरीय शिक्षाको लागि सरोकारवालाहरुको सकारात्मक सोच हुनुपर्नेमा जोड दिएका थिए ।
शैक्षिक सत्र २०७४ को शैक्षिक पुरस्कार, विभिन्न शीर्षका अक्षयकोषको समेत पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा शिक्षक ऋषिराम रानाभाटले स्वागत तथा विद्यालय व्यवस्थापन समितिका सदस्य अम्विका बुढाथोकीले धन्यवदा ज्ञापन गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले विद्यालयका भावी योजना एवम् आर्थिक आय व्यय प्रस्तुत गरेका थिए भने सेवा निवृत्त शिक्षक सुकदेव लामिछाने, लेखापाल नारायण प्रसाद वास्तोला र कार्यालय सहयोगी विष्णु बहादुर अधिकारीलाई सम्मान समेत गरिएको कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रधानाध्यापक श्याम बहादुर केसी र शिक्षक पुर्ण बहादुर खत्रीले गरेका थिए भने विद्यार्थीले विच विचमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

 

 

 

Related Articles

Back to top button
%d bloggers like this: