समाचार

प्युठानमा बस दुर्घटना हुँदा ५ यात्रुको मृत्यु, २५ घाइते

बैशाख ३० दाङ
प्युठानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर कम्तिमा पनि २० जना घाइते भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट प्युठानको खलंगा आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस प्युठानको बडडाँडा नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सरासर गुडिरहेको बसमा एक्कासी बत्ती निभेपछि बसले नियन्त्रण गुमाएको प्रहरीले जनाएको छ । बस भालुवाङ प्युठान सडकखण्डको सरुमैरानी गाँउपालिका ४ लाँकुरीमा आज बिहान ३ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन्। जसमध्ये १० जनाको अवस्था गम्भीर छ ।स्थानीयबासी, नेपाल प्रहरी, सशत्त्र प्रहरी वलको टोली पुगेर अहिले उद्धार गरिरहेका छन् । घाईतेलाई जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भइरहेको प्यूठानको प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ। केहि घाईतेलाई उपचारको लागि बुटवल लैजाने तयारी भएको उनले जानकारी दिए।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: