समाचार

मकालु जहाज दुर्घटनामा दुई पाइलटको मृत्यु

काठमाडौँ, २ जेठ
हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको ‘नाइन एन एजेयु’ जहाजका पाइलट र को पाइलट ललितपुरका भएको खुलेको छ। बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा मकालु एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। करिब साढे १२ हजार फिटको उचाईमा रहेको बाहुनखर्कको पाटनमा जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको हो। कार्गो जहाजका पाइलट ललितपुर मानभवन घर भएका ५४ वर्षीय किरण भट्टराई हुन भने को पाइलट ललितपुर चाकुपाटका ३० वर्षीय आदित्य नेपाल हुन्।् ।

मकालु एयरको जहाज बुधबार बिहान बिहान ६ः १२ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको जहाज १५ मिनेटमै सम्पर्कबिहीन भएको थियो। बिहान ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको विमान त्यसपछि सम्पक्र्विहीन भएको थियो। बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्ने सेड्युल रहेको जहाज लामो समयसम्म बेपत्ता भएपछि विमानस्थल कार्यालय समेत अलमलमा परेको थियो। एकल इन्जिनयुक्त उक्त जहाज सामान (कार्गो )बोकेर गएको थियो। कार्गो जहाज भएकाले चालक दलका सदस्य पाइलट र को पाइलट मात्र थिए। बुधबार दिउँसो पाइलट र को पाइलटको शव सिम्रिक एयरको हेलिकोप्टारबाट काठमाडौं ल्याइएको छ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: