समाचार

सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्ने कांग्रेस नेता सिटौलाको दाबी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताए । काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सरकारको सुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने बताए ।

नेपाली कांग्रेस वैचारिक, नीतिगत, रणनीतिगत, छलफल र एकताको आधार तयार गरेर राष्ट्रसामु प्रस्तुत हुन सक्नुपर्ने नेता सिटौलाले बताए। नेता सिटौलाले चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा नभएको र मूल्य र मान्यताको रक्षा गर्न सक्नुपर्ने बताए । उनले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा हिँडाउने काम नेपाली कांग्रेसले गरेको दाबी गरे ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: