समाचार

कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रदेश कृषि मन्त्रि थापाको भनाइ

लेखनाथ ८, जेठ ।
प्रदेश नम्बर ४ का कृषि मन्त्री लेखबहादुर थापाले कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । पोखरा लेखनाथ २६ बुढीबजारमा दीप आइसक्रिम उद्योगको उद्घाटन मन्तव्यमा उक्त कुरा बताएका हुन् । करिब ८० लाख लगानी रहेको आइसक्रिम उद्योगले पार्टी प्याक, चोकोबार, खुवाको कुल्फी, पप्स, ट्वान्टी वान लभ लगायतका आइसक्रिम उत्पादन गर्ने उद्योगका सञ्चालक पम्फा देवकोटाले जानकारी दिइन । उद्योगका सञ्चालक पम्फा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २६ का वडाध्यक्ष नारायण बराल, डेरी एसोसिएसन केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका अध्यक्ष शारदा बस्नेत, उपाध्यक्ष शान्ति थापा लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए।

Related Articles

Back to top button
%d bloggers like this: