४८ घण्टा भित्र इन्धनको मूल्यबृद्धि फिर्ता नगरे आन्दोलनको आँधिवेरी सृजना गर्ने नेविसंघको चेतावनी

लेखनाथ, ९ जेठ ।
नेपाल विद्यार्थी संघले सरकारले पटक पटक इन्धनमा गरेको मूल्य बृद्धिको विरोधमा बुधबार पोखरा लेखनाथ २७ तालचोकमा विरोध सभा सम्पन्न गरेको छ । तालचोकमा राँके जुलुस सहित सम्पन्न कोण सभामा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानुभक्त ढकालले इन्धनमा पटक पटक गरिएको मूल्य बृद्धि ४८ घण्टा भित्र फिर्ता गर्न आग्रह गर्दै नेविसंघको आग्रहलाई कम आकलन गरे देशै भरी शसक्त आन्दोलन गर्ने चेतावनी दिए । शान्तिपूर्ण तरिकाले नेपाली जनताले आफ्नो हकअधिकारका लागि शान्तिपूर्ण तरिकाले गरेका विरोध कार्यक्रमलाई सरकारले दमन गरेको प्रति भर्सना गरे । कार्यक्रममा पृथ्विनारायण नेविसंघ इकाइ सभापति दिनेश शर्मा, कास्की जिल्ला नेता समित केसी, उज्वल चापागाइ, नेपाली कांग्रेस नेता रामबाबु भण्डारी लगाएतले विद्यार्थीहरुको उचित मागलाई चाँडो भन्दा चाँडो सम्बोधन गरी इन्धनमा भएको मूल्य बृद्धि फिर्ता गर्न माग गरेका थिए ।