मनोरञ्जन
सलमान खानको काठमाडौँ कन्सर्ट फेरि अनिश्चित कालका लागि स्थगित

काठमाडौँ ११ जेठ
भारतीय कलाकार सलमान खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा गर्ने भनिएको द ब्याङ्ग टुर कन्सर्ट हुनु एक दिन अगाडि अनिश्चित कालका लागि स्थगित भएको छ। यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम एक पटक विप्लव समूहको चेतावनीका कारण स्थगित भएको थियो। त्यसपछि कन्सर्ट २६ मे अर्थात् भोलि शनिबारका लागि हुने कन्फर्म भएको सूचना ओडिसी इन्टरटेनमेन्टले गरेको थियो।