भाट समाज कास्कीको अध्यक्षमा पुन ः रमेश
पोखरा, १३ जेठ ।
रानाभाट भाट समाज कास्की जिल्ला समितिको पाँचौ अधिबेशनले पून रमेश बहादुर रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीधर रानाभाट, उपाध्यक्षमा क्या। होम बहादुर रानाभाट र कृष्ण बहादुर रानाभाट, सचिवमा रुद्र रानाभाट, सहसचिवमा सुर्य बहादुर रानाभाट, कोषाध्यक्षमा कुल बहादुर रानाभाट, सह कोषाध्यक्ष तेजबहादुर रानाभाट लाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा राम बहादुर रानाभाट, सुर्य बहादुर रानाभाट, कुमारी राईभाट, शान्ति रानाभाट, विष्णु रानाभाट, श्री बहादुर रानाभाट, जीवन रानाभाट, भिम बहादुर रानाभाट र बल बहादुर रानाभाट चयन भएका छन । अधिबेशनको समाजका केन्द्रिय अध्यक्ष बाबुराम रानाभाटले उद्घाटन गर्दै भाटहरुको ईतिहास खोजी अन्तिम चरणमा पुगेको वताएका छन् । नयाँ संविधानमा भाट जाती लाई सुचिकृत नगरेकोमा खेद प्रकट गर्दै आगामी दिनमा त्यो कार्यलाई अगाडी बढाउने समेत वताएका छन् । कार्यक्रममा फिस्टेल ऐकेडेमिका संस्थापक प्रिन्सिपल चिनु राभाटले भाट वन्धुका छोराछोरी हरु लाई शिक्षा क्षेत्र सहयोग गर्ने उद्देश्यले रु ५५ हजारको फिष्टेल एकेडेमी अक्षयकोष स्थापना गरिएको जानकारी दिए ।
सो अबसरमा केन्द्रिय सचीव शंकर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष श्रीबहादुर रानाभाट, केन्द्रिय सल्लाहकार चिनु रानाभाट, भबन निर्माण तथा अर्थ संकलन समितिका अध्यक्ष ठाकुर प्रसाद रानाभाट, पबित्र बचत तथा ऋण सहकारी अध्यक्ष शिव बहादुर रानाभाट, भवन निर्माणको लागि जग्गादाता ओमबहादुर बन्जरा भाट, इकाईहरुको तर्फबाट लेखनाथ २६ इकाईका अध्यक्ष नरेश बन्जरा भाट लगाएतले आ आफ्नो विचार व्यक्त गरेका थिए ।